भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित ९ लाई सफाइ

भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित ९ जनाले विशेषबाट सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिना अगाडिमात्र सप्तरीको तिरहुत गाउँपालिकामा भएको भ्रष्टाचारसम्बन्धी मुद्धामा उँपालिकाका उपाध्यक्ष एवम् योजना अनुगमन समितिको संयोजकसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,सब इीञ्जनियर लगायत ९ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाइएकोमा उनीहरुलाई विशेषले सफाइ दिएको हो ।

बिज्ञापन

आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकाको वडा नं १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा अनियमितता भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो । सम्झौताबमोजिम काम नभएको, कम काम गरी बढीको प्राविधिक मूल्यांकन गरिएको, त्यसैका आधारमा बढी भुक्तानी गरे गराएको भन्दै गैरकानूनी लाभ लिएको मुद्दामा गाउँपालिका उपाध्यक्षसहित नौ जनालाई विशेषले सफाइ दिएको हो । उनीहरुलाई विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले सफाइ दिइएको हो ।

बिज्ञापन

सफाइ पाउनेमा तिरहुत गाउँपालिकाका उपाध्यक्ष एवम् योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे र सदस्यहरु दुर्गानन्द यादव र वीरेन्द्र कुमार यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इञ्जिनियर उग्रानन्द पाठक र सबइञ्जिनियर जागेश्वर मण्डल रहेका छन् ।

यस्तै, उपभोक्ता समिति अध्यक्ष रवेन्द्र कुमार यादव, सचिव धीरेन्द्र कुमार यादव र कोषाध्यक्ष रेणु कुमारी यादव रहेका छन् । उनीहरुले झन्डै साढे ६ लाख रुपैयाँको भ्रष्टाचार भएको भन्दै उक्त रकम बिगो बनाइ मुद्दा चलाइएको मा सफाइको फैसला भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष