मन्त्री र सचिवलाई विदेश भ्रमणमा अंकुश,कार्यन्वयनमा आशंका

सरकारले एकै मन्त्रालयका मन्त्री र सचिवलाई एउटै कार्यक्रमका निम्ति विदेश भ्रमणमा नपठाउने भएको छ । सरकारको नयाँ निर्देशिका अनुसार, अत्यावश्यक, उच्चस्तरीय वा विशेष प्रकृतिका भ्रमणबाहेक मन्त्री र सचिवले एकैसाथ विदेश जान पाउने छैनन् ।

बिज्ञापन

गत बुधबार बसेको क्याविनेटले एउटै कार्यक्रममा मन्त्री र सचिवलाई नपठाइने गरी विशेष आचारसंहिता पनि बनाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बिज्ञापन

मन्त्री र सचिव अर्थात एकै पटक राजनीतिक तथा प्रशासनिक नेतृत्व एकैसाथ बाहिरिँदा मन्त्रालयका महत्त्वपूर्ण काम अवरुद्ध हुने,सुशासन र सेवा प्रवाहमा समेत सर पर्ने भएकाले त्यस्तो भ्रमण स्वीकृत नगर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिएको मन्त्री गुरुङले जनाएका छन् ।

यस्का अलवा मन्त्रीहरू मन्त्रीस्तरीय सम्मेलन, बैठकमा मात्र विदेश जाने निर्णय गरिएको छ ।यस्का अलवा कर्मचारीको हकमा समेत सचिव, सहसचिव एउटै कार्यक्रममा नजाने निर्णय भएको छ ।

बिज्ञापन

क्याविनेटले यस्ता भ्रमण रोक्न भन्दै दर्जनौं पटक निर्णय गरेको छ । अर्थ लगायतका मन्त्रालयहरुले परिपत्र गरेको भए पनि ती सबै कागजी घोषणामा मात्र सीमित छन् । यस पटक मन्त्रीहरुलाई विदेश भ्रमणमा कडाइ गर्न भन्दै विशेष आचारसंहिता ल्याइए पनि विगतमा झैं कार्यन्वयनमा भने आशंका गरिदैंछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष