निजामती कर्मचारी सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान,के- के चाहिन्छ कागजात ?

सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जसअनुसार यस्तो वृत्ति निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततीले यस्तो वृत्ति पाउने जनाइएको छ ।

बिज्ञापन

मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आगामी ९ चैत्र अर्थात १५ दिनभित्र आवेदन दिन भनेको छ ।

बिज्ञापन

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७९ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्षमा वा प्रथम सेमेस्टर वा दोस्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद् ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततिले यस्तो वृत्ति पाउने जनाइएको छ ।

सामान्य प्रशासनको अनुसार यस्तो वृत्ति लिनका लागि कम्तीमा दश जोड दुई वा सो सरहको परीक्षामा कम्तीमा सी प्लस ग्रेड वा दुइ दशमलव ४ जिपिए वा सो सरह अङ्क प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

बिज्ञापन

यस्तै स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भई स्नातक वा सो सरह तहको प्रथम वर्ष तथा पहिलो वा दोश्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था राखिएको छ भने पच्चीस वर्ष उमेर पूरा नभएकोले मात्र आवेदन दिन पाइने जनाइएको छ ।

यस्का अलवा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएकोहुनुपर्ने छ ।

यस्तै, आवश्यक पर्ने कागजपत्रहरुमा नागरिकता प्रमाणपत्र (हालको स्थायी ठेगाना फरक भएमा बसाइसराई प्रमाणपत्र समेत),प्रवेशिका एसईई वा एसएलसी र १० जोड २ को शैक्षिक प्रमाण पत्रहरु (लव्धाङ्क पत्र ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र) का अलवा अभिभावक कर्मचारी कार्यरत रहेको कार्यालयको सिफारिश पत्र (मन्त्रालयले तोकेको ढाँचामा) तथा सेवा निबृत्त भएका कर्मचारीको हकमा निबृत्तिभरण प्रमाण पत्र र अवकाश पत्र आवश्यक पर्ने जनाइएको छ ।

सामुदायिक वा सरकारी उच्च माध्यमिक विद्यालयबाट उच्च माध्यमिक शिक्षा वा सो सरहको परिक्षा उत्तिर्ण गरेकोमा राष्ट्रिय परीक्षा बोर्ड वा सो अन्तर्गतको कार्यालयले सम्वन्धित शिक्षण संस्था सामुदायिक वा सरकारी हो भनी गरेको सिफारिश पत्रका अदवा अध्ययनरत शिक्षण संस्था (कलेज वा क्याम्पस) को सिफारिश पत्र(तोकिएको ढाँचामा) आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।
सरकारी कामकाजको सिलसिलामा मृत्यु भएका कर्मचारीको सन्ततिको हकमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित पत्र वा घटना पुष्टि हुने सरकारी कागजात, समावेशी प्रमाणित गर्ने कागजात,नागरिकतावाट अविभावक कर्मचारी र सन्तति विद्यार्थीको नाता खुल्न नसकेको खण्डमा नाता प्रमाणित प्रमाण पत्र,बहालवाला कर्मचारीको हकमा परिचयपत्रको प्रतिलिपि र अभिभावक कर्मचारी र अध्ययनरत सन्ततिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सामान्य प्रशासनले जनाएको छ ।

Notices-20250306160437368

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष