मेरिटोक्रेसी मिचिएपछि स्वास्थ्यमा खैलाबैला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय विवादमा परेको छ ।

बिज्ञापन

आफूभन्दा जुनियर देवकोटालाई सचिव नियुक्ति गरिएको भन्दै सचिव डा संगिता कौशल मिश्र राजीनामा दिने मुडमा पुगेकी छिन् । हिजो बसेको क्याविनेट बैठकले दोश्रो वरियताका डा देवकोटालाई नियुक्ति गरेसँगै मिश्रले राजीनामा दिने मनस्थितिमा पुगेकी हुन ।

बिज्ञापन

गत १२ फागुनमा स्वास्थ्य सचिव डा रोशन पोखरेल अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको थियो । जसमध्ये डा संगीता कौशल मिश्र, डा टंक बाराकोटी र डा विकास देवकोटाको नाम सिफारिस गरेको थियो क्याविनेटले दोश्रो नम्बरमा सिफारिस भएका देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेसँगै मिश्रले आपत्ति जनाएकी छिन् । देवकोटालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल आएसँगै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएका थिए । यस्तै स्वास्थ्य सेवा विभागमा कार्यरत डा संगीता कौशल मिश्रलाई प्रदीप पौडेलले मन्त्रालयमा तानेका थिए । यस्तै डा टंक बाराकोटी मन्त्रालयमै कार्यरत छन् ।

सिनियरको हिसाबले मिश्र ०७९ असार २३ गते १२ औ तहमा बढुवा भएकी हुन पनि विकास र टंक भने संगीता बढुवा भएको ९ महिना पछि चैत्रमा मात्र १२ औ तहमा उक्लिएका हुन । ०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन्,अहिले । यस्तै २०५६ सालबाट सेवा प्रवेश गरेका झापाली बराकोटीले मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।यस्तै ५७ सालमा सेवा प्रवेश गरेकी मिश्र कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापनमा अब्बल ठहरिएकी कर्मचारी हुन । उनी पछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशक चलाइसकेकी कर्मचारी हुन ।

बिज्ञापन

तर सिनियरलाई पाखा लगाएर जुनियरलाई सचिव बनाइएसँगै सचिव मिश्रले आफूलाई मधेशी महिला भएकै कारण मन्त्री पौडेलले पौडेलले विभेद गरेको आरोप लगाएकी छिन् । स्वास्थ्य मन्त्रालयको सचिव बढुवामा वरीयता तथा मेरिटोक्रेसी मिचिएको दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष