किस्ताबन्दीमा गृहका कर्मचारीको सरुवा,१७ सहसचिव अझैं बेरोजगार

गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले हालैमात्र गृहमा भित्रिएका र केही लामो समयदेखि जिम्मेवारविहनि रहेका सहसचिवहरुलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो ।मन्त्रालयमा सहसचिव तहका २३ जना कर्मचारी अतिरिक्त समूहमा रहेकोमा आज पहिलो किस्तामा  सात जना सहसचिवको सरुवा गरेको हो । जसमा एक जना गृहमा तानिएका छन् भने बाँकी ६ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित सरुवा भएका हुन ।

बिज्ञापन

सरुवाको सूची अनुसार,धर्मराज जोशीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन गरिएको छ भने केही अघिमात्र रिक्त हुन पुगेको रौतहटमा विनोद कुमार खड्कालाई खटाइएको छ । यस्तै दिव्य राज पोखरेललाई संखुवासभामा खटाइएको छ भने डेढ महिना पछि खोटाङले सिडियो पाएको छ । त्यहाँ अख्तियारबाट हालैमात्र भित्रिएका नरहरि घिमिरेलाई खटाइएको छ भने ओखलढुङ्गामा विजयराज सुवेदीलाई खटाइएको छ । यस्तै आफ्नै गृह जिल्लामा कार्यरत रहेका रामकृष्ण अधिकारीलाई फिर्ता बोलाइएको छ र त्यहाँ शशिधर घिमिरेलाई पठाइएको छ ।

बिज्ञापन

गृहमा अझैं डेढ दर्जन सहसचिवहरु जगेडामा छन् । सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गर्दा एकै पटक १७ जनालाई गृहमा भित्र्याइएको छ । सामान्यबाट गएका बलराम रिज्याल, सुरेन्द्र पौडेल,अख्तियारबाट गएका ईश्वरी अर्याल,कञ्चनपुर कार्यालयबाट तानिएका माधव पोखरेलका अलवा मुख्यमन्त्री कार्यालय,कर्णालीबाट आनन्द सारु, प्रदेश प्रमुखको कार्यालय,लुम्बिनीबाट बेदप्रसाद खरेल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट कुमान सिङ गुरुङ, सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट दिपकराज नेपाल गृहको बरण्डामा छन् । यस्तै भविश्वर पाण्डे,विजयराज सुवेदी,प्रेम प्रसाद लुँइटेल,लक्ष्मण ढकाल,दिल कुमार तमाङ,जगदीश्वर उपाध्याय,दिव्यराज पोखरेल गृहको अतिरिक्त समूहमा छन् ।

बिज्ञापन

यस अघि नै लामो समयदेखि गृहमा पाँच जना सहसचिव अतिरिक्त समूहमा रहँदै आएका थिए । गृहमा सूर्य सेढाई र शशिधर घिमिरे बिगत पाँच महिनादेखि बरण्डामा छन् । यस्तै झण्डै दुई महिनादेखि बन्धु बास्तोला, प्रेम भट्टराई,अर्थबाट गृहमा भित्रिएका नारायण रिसाल दुई साता दिनदेखि जिम्मेवारी विहिन छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष