संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५३ जना उपसचिवको सरुवा गर्दा ११ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतबाट प्रमुख प्रशासकीय अधिकृतकै रुपमा एक पालिकाबाट अर्काेमा सरुवा गरिएको छ । यस्तै,हाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ११ उपसचिवहरुलाई त्यहाँबाट अन्य कार्यालय वा मन्त्रालयमा ल्याइएको छ ।
बिज्ञापन
एक पालिकाबाट अर्काे पालिकामा सरुवा हुनेहरुमा हरेन्द्र कुमार श्रेष्ठ बेलकोटगढी नुवाकोटबाट शिखर नगरपालिका डोटीमा सरुवा भएका छन् । पाख्रिवासबाट पुरुषोत्तम ढकाल सप्तकोशी नगरपालिकामा पुगेका छन् । अजय बर्ताैलालाई निजगढ बारा नगरपालिकाबाट बूडानिलकण्ठमा पठाइएको छ भने त्यहाँ दरबन्दी रहेका तुल्सीराम अर्याल संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्तमा तानिएका छन् । उदयबहादुर पराजुली जिसस स्याङ्जाबाट भीरकोट नगरपालिका,गेहेन्द्रकुमार डाँगीलाई तुल्सीपुर उपमहानगरपालिकाबाट मंगलसेन नगरपालिका अछाममा पठाइएको छ ।
बिज्ञापन
यस्तै,किसान न्यौपाने पालुङटारबाट सिद्धिचरण नगरपालिका,रामदत्त भट्ट बेदकोट नगरपालिकाबाट कीर्तिपुर काठमाडौं,माधव ढकाललाई कीर्तिपुरबाट बागमती नगरपालिकामा सरुवा गरिएको छ । रविन्द्र चौधरीलाई महारागञ्ज नगरपालिकाबाट टीकापुरमा पठाइएको छ । यस्तै,षडानन्द नगरपालिकाबाट काजिमान राईलाई चौदण्डीगण्डी उदयपुरमा,प्रदीप शाहलाई सिरहाबाट रंगेलीमा खटाइँदा रंगेलीबाट ओमकार न्यौपानेलाई चैनपुरमा पठाइएको छ ।
यस्तै,हाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ११ उपसचिवहरुलाई त्यहाँबाट अन्य कार्यालय वा मन्त्रालयमा ल्याइएको छ । जसमा भुपेन्द्र पाण्डे बागमती नगरपालिकाबाट कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी,जैमेनीबाट हरि भुजेल गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै,रतुवामाई नगरपालिकाबाट संजयकुमार राजलवट भूमि व्यवस्था मन्त्रालयमा आएका छन् । बुद्धभूमिबाट चुरामणि पन्थीलाई सञ्चार मन्त्रालय, फलेवासबाट ज्ञानेन्द्र शर्मालाई भूमि व्यवस्था,सिद्धिचरण नगरपालिकाबाट निलकण्ठ विश्वकर्मा लोकसेवा आयोग,पञ्चदेवलमा खटाइएपछि निजगढ वारामै कार्यरत उर्मिला काफ्लेलाई वेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग,बूढानिलण्ठ नगरपालिकाबाट तुल्सीराम अर्याललाई सामान्य प्रशासनको अतिरिक्त समूह,मलगंवा नगरपालिकाबाट गणेश तमाङलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।
यस्तै,बाँसगढीबाट नोखिराम ओलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा पठाइएको छ । शिवराज नगरपालिकाबाट बाबुराम पौडेललाई सामान्यको अतिरिक्त समूहमा ल्याइएको छ ।