अब भन्सारका कर्मचारीको छुट्टै पोसाक

भन्सारका कर्मचारीको पहिचानका लागि राज्यले अब छुट्टै पोशाकको ब्यवस्था गर्ने भएको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार नेपाली भन्सारका कर्मचारीका लागि त्यस्तो ब्यवस्था गर्न लागिएको हो ।

बिज्ञापन

प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा भन्सार विधेयकमाथिको दफावार छलफलका यस्तो व्यवस्था गर्न लागिएको हो । अर्थसमितिमा मंगलबारदेखि दफावार छलफल भइरहेको भन्सार विधेयकमा भन्सारका कर्मचारीहरूको छुट्टै पोसाकको व्यवस्था गर्ने सहमति भएको छ ।

बिज्ञापन

भन्सार विधेयकको दफा १६ मा भन्सारका कर्मचारीको पोसाक र चिह्न तोक्न सक्ने व्यवस्था गरेको छ ।
अब भन्सारका कर्मचारीको लागि छुट्टै पोसाकको व्यवस्था हुने भएको हो । भन्सारका कर्मचारीको पहिचानका लागि राज्यले छुट्टै पोसाकको व्यवस्था गर्ने गरी कानुनमा व्यवस्था गरेको हो ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपाली भन्सारका कर्मचारीका लागि त्यस्तो व्यवस्था गर्न आवश्यक रहेको सांसदहरूको समेत मागअनुसार भन्सार विधेयकमा सहमति जुटाइएको छ ।

बिज्ञापन

यस अघि पनि भन्सारका कर्मचारीहरुका लागि राज्यले गरेको नयाँ पोशाकको ब्यवस्था गर्ने तयारी थियो । त्यस समयमा कालो जुत्ता एवम् भन्सारको लोगोसहितको सुट, टाई र क्याप हुनेछ । सुट गाढा खरानी, सर्ट घ्यू रंग र टाइ सेता धर्कासहित निलो रंगको हुने व्यवस्था अगाडि बढाइएकोमा पछि अलपत्र परेको थियो ।

यता विधेयकको  १ देखि ३० दफासम्म सहमति भएको छ । अब समितिले भन्सार विधेयकलाई चाँडै टुंगोमा पुर्‍याउने गरी अघि बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष