प्रमुख आयुक्त र मुख्य सचिवसँग किन विग्रियो प्रधानमन्त्रीको सम्बन्ध ?

मुख्य सचिव एकनारायण अर्यालसँग मात्र होइन,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईसँग समेत प्रधानमन्त्री केपी शर्मा ओलीको खटपट भएको दृश्य सतहमै प्रकट भएको छ ।

बिज्ञापन

मुख्य सचिव र अख्तियारका प्रमुख आयुक्तसँग प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध कुन तहसम्म विग्रिएको रहेछ भन्ने एउटा दृश्य देखियो गत साता । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यी दुईको नमस्कार समेत फर्काएनन् । सम्बोधनका क्रममा मञ्चमा आसिन अन्यलाई सम्बोधन गर्दा यी दुइलाई सम्बोधन समेत नगर्नुले प्रधानमन्त्रीको मुख्य सचिव र प्रमुख आयुक्तसँग सम्बन्ध विग्रिएको लख काटिएको छ ।

बिज्ञापन

महान्यायाधिवक्ताको कार्यालयले डिजिटल अपराधसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो फागुन १५ गते देखि १६ गते सम्म काठमाडौँस्थित होटल लेमन ट्रीमा ।

क्राइम्स अफ द डिजिटल एज–एन्टिसिपेसन एन्ड रेसपोन्स नाम दिइएको उक्त कार्यक्रममा नेपाल, संयुक्त अधिराज्य (युके), नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे, र रुस लगायत १३ राष्ट्रका ९० जना भन्दा बढी सरकारी वकिल, कानुन विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए सो कार्यक्रमको । जहाँ मुख्य सचिव एकनारायण अर्याल,अख्तियारका प्रमुख आयुक्त प्रेम राईका अलवा सर्वोच्च अदालतका न्यायधीश सपना मल्ल प्रधान,मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल,महालेखापरीक्षक तोयम रायाहरु अतिथिका रुपमा निम्तिाइएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल समेत विशेष अतिथिका रुपमा कार्यक्रममा निम्ताइएका थिए । बिहान साढे ८ बजे नै कार्यक्रमस्थलमा पुगेका मुख्य सचिव एकनारायण अर्याल र प्रमुख आयुक्त प्रेम राई ब्रेक फाष्ट गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमस्थलमा पुगे ।

मुख्य सचिव र अख्तियारका आयुक्त प्रेम राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नमस्कार गरे । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको नमस्कार समेत फर्काएनन् । कार्यक्रम शुरु हुँदा अगाडि मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओलीको देव्रेपट्टि साइडमा सपना मल्ल प्रधान,प्रेम राई,एकनारायण,विष्णु रिमाल र रमेश वडालहरु आसन ग्रहण गराएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्चका न्यायधीश सपना मल्ल,राजनीतिक सल्लाहकार विष्णु रिमाल, महान्यायधिवक्ता रमेश वडाललाई समबोधन गर्दा मुख्य सचिव र प्रमुख आयुक्तलाई समाबोधन गर्न नरुचाउनुले पनि मुख्य सचिवसँग मात्र होइन अख्तियारका प्रमुख आयुक्तसँग समेत प्रधानमन्त्रीको सम्बन्ध चिस्सिएको रुपमा महान्यायधिवक्ता कार्यालयकै कर्मचारीहरुले अर्थाउन थालेका छन् ।

त्यहाँ सहभागी एक कर्मचारीका अनुसार,मुख्य सचिव र अख्तियारका प्रमुख आयुक्त प्रेमलाई न त सम्बोधन गर्ने नै दिइएको थियो न त टोकन अप लभ नै । अन्य विदेशी मुलुकबाट सहभागी पाहुनाका अलवा विष्णु रिमाल,सपना मल्ल लगायतलाई टोकन अप लभ दिँइदा मुख्य सचिव एकनारायण अर्याल,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई खाली हात फर्काइएको थियो ।

यस अघि अख्तियारको स्थापना दिवसको अवसरमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रममा उपस्थिति जनाएका थिएनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष