पछिल्लो समय उर्जा सचिव सुरेश अचार्य एक पछाडि अर्काे विवादमा मुछिएका छन् । लामो समय पर्यटन मन्त्रालयमा बसेका एरोनोटिकल इञ्जिनियर आचार्य पछिल्लो समय कुलमान घिसिङलाई हटाउन हात धोएर लागेका छन् ।
बिज्ञापन
त्यसकै पछिल्लो नतिजा हो,कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा दिइएको अंक । नेपाललाई अध्यारोको यूगबाट उज्यालोतिर लैजाने अर्थात १८ घण्टासम्मको लोडसेडिङ हटाउने पात्रका रुपमा चिनिएका कुलमान यस अघिका लगातार दुई बर्षसम्म कार्यसम्पादनमा शत प्रतिशत नजिक अंक पाएका थिए तर यस पटक ऊर्जा मन्त्रालयले शून्य अंक दिएको हो ।
बिज्ञापन
कार्य सम्पादन मूल्यांकन नबुझाएको भन्दै यसअघि घिसिङलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपछि घिसिङलाई आर्थिक वर्ष २०८०/ ८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका थिए । घिसिङले गत आवमा सम्पादन गरेका काममा ९८ दशमलव ९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेश गरेका थिए ।
तर उर्जा मन्त्रालयले एक समिति बनाएर कुलमानलाई कासमूमा शून्य अंक दिएको हो यसरी कासमूमा शून्य अंक दिने कामको नेतृत्व गरेका हुन सहसचिव जीबछ कुमार मण्डलले । मण्डल अहिले मन्त्रालयको विकास सहयता तथा प्रादेशिक समन्वय महाशाखा हेर्दै आएका कर्मचारी हुन ।२०५३ साल मंसिरमा विभागको इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका मण्डल ०७१ साल माघमा सहसचिवमा बढुवा भएका हुन । यस अघि जनकपुर चुरोट कारखानामा इलेक्ट्रिकल सेक्सन इन्चार्ज र पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस पोखरामा इलेक्ट्रिकल इन्जिनियरिङ विभाग अन्तर्गत उप–प्राध्यापक रहेका उनी मण्डलले कोलम्बो प्लान अन्तर्गत अलिगड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र रुड्की विश्वविद्यालयबाट जलविद्युत् तथा व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् । मण्डल यस अघि विद्युत विकास विभागमा केही समय काम गरेका कर्मचारी हुन ।
बिज्ञापन
उनको टोलीमा कानुन हेर्दै आएका पूर्व सहसचिव ,हालै अर्थबाट फालिएर उर्जामा पुगेका शम्भु मरासिनी,जो कर्मचारी प्रशासनको प्रमुख छन् । मधु मरासिनी अर्थ मन्त्रालयका हर्ताकर्ता हुँदा शम्भु पनि अर्थ मातहतकै निकायमा थिए । उनलाई अख्तियार लागेर उपराष्ट्र हुँदै योजना आयोगतिर पुगेपछि शम्भु पनि अर्थबाट आउट भए र उर्जामा पुगेका कर्मचारी हुन । मन्त्रालयकै सिडिई राजु श्रेष्ठ सहितको एक समितिले कुलमानलाई शून्य अंक दिएको हो । सो समितिमा नियुक्त गरिएका विज्ञ सदस्यको नाम मन्त्रालयले खुलाउन चाहेको छैन ।
आगामी साउन २५ सम्म कार्यकाल रहेका कुलमानलाई प्राधिकरणको नेतृत्वबाट जसरी भए पनि हटाउने योजना अनुसार उनलाई कासमूमा शून्य अंक दिइएको हो । मन्त्रालयका सहसचिव जीबछ कुमार मण्डललाई सचिव आचार्यले कार्यकारी निर्देशक घिसिङको कार्य सम्पादन मूल्यांकनमा पछाडिकै मिति राखी शून्य नम्बर दिएर प्राधिकरणमा पत्राचार गर्न निर्देशन दिएको उर्जा मन्त्रालय स्रोतको भनाई छ ।
घिसिङसँग गरिएको कार्यसम्पादन करारमा प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण भदौ मसान्तभित्र मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर, करारको व्यवस्थालाई कार्यकारी निर्देशक घिसिङले अटेरी गरेको सचिव सुरेश आचार्य बताउँछन् । सोही कारण उनलाई समितिले शून्य अंक दिइएको बताइएको छ ।
५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेमा बर्खास्त गर्ने को प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको भन्दै कुलमानले शून्य अंक प्राप्त गरेको कारण अब उनलाई बर्खास्त गर्ने मन्त्रालयले तयारी गरेको छ । कुलमानको स्थानमा अर्जुन कार्कीलाई नियुक्ति गर्ने चाँजोपाँचो अनुसार यो खेल भएको कुलमान नजिकका कर्मचारीहरुको विश्लेषण छ । ।
(यस अघि प्रकाशित समाचार सामाग्रीमा कासमू सिफारिसमा संग्लग्न नहुनुभएको कानुनका सहसचिव जंगबहादुर डाँगीको तस्विर असावधानीवश पर्ने गएको हुँदा उक्त तस्विर हटाइएको छ । यसबाट सहसचिव डाँगीमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।)-सम्पादक