चार विभागका महानिर्देशकको सरुवा,को बन्दैछन् नयाँ डिजी ?

सरकारले चार विभागका महानिर्देशकको सरुवा भएको छ । सोमबार बसेको क्याविनेट बैठकले सहकारी विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागका साथैं पशु सेवा विभागका महानिर्देशक सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार,सहकारी विभागका महानिर्देशक पीताम्बर घिमिरे र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

बिज्ञापन

उता पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको रुपमा पठाइएको छ । यस्तै केही महिना अगाडिमात्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुगेका संजीव कुमार कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा खटाइएको छ ।

सम्भवत यी निकायमा पठाउनका लागि अन्य सरकारी कार्यालयमा रहेका सहसचिवलाई सम्बन्धित निकायमा ल्याइएको छ । जस्तो उमेश ढुंगनालाई उद्योग पर्यटन तथा वन मन्त्रालय,रुपन्देहीबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

यस्तै,नेपाल ट्रष्टबाट कुमार दाहाललाई उद्योग मन्त्रालयमा ल्याइएको छ । कृषिमा भने कुनै सहसचिवलाई ल्याइएको छैन । मन्त्रालयमा कार्यरत रहेका सहसचिवहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण र पुश सेवा विभागमा खटाउन खोजेको बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष