कर्मचारीमाथि लाग्दै आएको निर्मम आरोप हो,उनीहरुले कामै गरेनन् । तर काम गर्न खोज्ने कर्मचारीलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण छ त,नेपालमा ? उत्तर आउँछ, छैन । विना हस्तक्षेप विना काम गर्न दिने हो भने कर्मचारीहरुले गर्न सक्छन्,गर्ने उनीहरुले नै हो ।
बिज्ञापन
जहाँ र जुन निकायमा कार्यरत रहें,त्यही केही न केही सुधारका यत्न गर्ने सुधारवादी प्रशासक मदन दाहालले नेपाल बीमा प्राधिकरणको अन्तरिम कमाण्डको जिम्मेवारी सम्हालेको ७५ दिनको आफ्ना १९ उपलव्धीहरु सार्वजनिक गरेका छन् ।
बिज्ञापन
तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता कीर्ते प्रकरण लागेर अवकाश अघि निलम्बनमा परेसँगै अर्थ मन्त्रालयमा कर्मचारी प्रशसन महाशाखा हेर्दै आएका दाहाललाई अर्थमन्त्री विष्णु पौडेलले प्राधिकरणमा अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका सदस्य समेत रहेका दाहाललाई रिक्त अध्यक्षको कामकाज गर्नेगरी जिम्मेवारी तोकेका थिए,मंसिर २७ गते ।
दाहालले ७५ दिनको अवधिमा आफूले सम्पादन गरेका १९ कामहरु सार्वजनिक गरेका छन् ।
बिज्ञापन
जस अनुसार बीमा नियमावली २०८१ लाई मन्त्रिपरिषदबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन गरिएको, पुष ४ गते बंगुर बीमालेख जारी एवम् अलैची खेती बीमालेख, अदुवा खेती बीमालेख र बेसार खेती बीमालेखमा समयानुकुल संशोधन गरिएको बिषयलाई प्रगतिको रुपमा उल्लेख गरिएको छ ।
यस्तै, नेपाल बीमा प्राधिकरण सेवामा रिक्त रहेका विशिष्ट श्रेणी, कार्यकारी निर्देशक, प्रथम श्रेणी निर्देशक र द्वितिय श्रेणी, उपनिर्देशक पदहरुको कार्यक्षमता मूल्यांकनतर्फको पदपूर्ति कार्य सम्पन्न भएको उल्लेख गरेका छन् ।
मौद्रिक क्षतीसम्बन्धी निर्देशन स्वीकृत भएको,वीमा विकास कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि ०८१,अवकाश तथा कर्मचारी कल्याण सञ्चालन कोष ०८१,कर्मचारी सापटी कोष सञ्चालन कार्यविधिको मस्यौदा तयार पारी कोष स्थापनाको कार्य भएको,
यस्तै यही अवधिमा बीमा ऐन, २०७९ को दफा २० को उपदफा ६ को व्यवस्था कार्यान्वयनको लागि प्राधिकरणको तरलता व्यवस्थापन समेतलाई ध्यानमा राखी ऐनमा व्यवस्था भए बमोजिमको रकम क्रमशः संघीय संचित कोषमा दाखिला गर्ने कार्य अगाडि बढाएका छन् ।
यस्तै संचालक समितिको बैठकमा पेश भएको ७१ वटा उजुरीहरु मध्ये ३३ फैसला र ३८ वटा आदेश भएको र सहमती र मध्यस्थताबाट ४ वटा उजुरी किनारा लागेको बिषयलाई कार्यकालमा भएको प्रगतिको रुपमा उल्लेख गरिएको छ ।
सम्पत्ति शुद्धीकरण आतंककारी क्रियाकलपा वित्तिय लगानी निवारण सम्बन्धी वीमा क्षेत्रको रणनीतिक कार्ययोजना स्वीकृत गरी लागू भएको छ,यही अवधिमा । यस्का अलवा वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशन, २०८१ मा समयानुकुल संशोधन एवं परीमार्जन भएको छ भने बीमकले बीमा दावी निवेदन प्राप्तभए पश्चात् सोको दर्ता गरी यथाशीघ्र बीमितलाई एसएमएस मार्फत जानकारी गराउनुपर्ने, निर्जीवन बीमाको क्षति मूल्याङ्कन गर्न सर्भेयर खटाँउदा सोको जानकारी एसएमएस मार्फत बीमितलाई गराउनुपर्ने, जीवन बीमकले दावी भुक्तानी वापत बीमित वा हकवालालाई कानून बमोजिम भुक्तानी गर्नुपर्ने रकम वीमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन गर्न नपाउने सम्बन्धमा बीमकहरुलाई निर्देशन दिने कार्य उनको कार्यकालमा भएको छ ।
दाहाललाई अघिल्लो सातामात्र आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ भने वीमा प्राधिकरणले नयाँ अध्यक्षका रुपमा शरद ओझालाई पाएको छ ।
दाहाल खरा प्रशासकका रुपमा चिनिन्छन् । राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ५ अर्व कर छलीको फाइल खोलेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकको कर छलीसम्बन्धी फाइल खोलेर सो बैंकका मुख्य व्यक्तिहरूको बयान लिने प्रक्रिया अगाडि बढाएकै कारण उनी तीन महिनामै त्यहाँबाट सरुवामा परेका थिए ।
राजश्व अनुसन्धान विभागबाट उनी सरुवा भएर श्रममा पुगे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरतसिंह भण्डारीले दाहाललाई वैदेशिक रोजगार विभागमा पठाएका थिए। तर, साढे ६ महिना पनि त्यहाँ टिकेनन् । दहालले मेनपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्नेदेखि निलम्बन गर्ने सम्मको काम सहित वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको काम गर्दै थिए । म्यानपावरवालाहरुले शक्तिकेन्द्र मार्फत त्यहाँबाट पनि उनलाई सरुवा गरेर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पुर्याए । पछि उनी अर्थमा पुगेका थिए ।
जहाँ बसे र पुगे पनि सुधारका यत्न नछोड्ने खरा प्रशासक आन्तरिक राजश्व विभागमा कति समय टिक्छन्,त्यो हेर्न बाँकी छ ।