गृहमा कति छन् कति यस्ता गडबडी

पछिल्लो समय गृह मन्त्रालय कर्मचारी परिचालनमा चुक्दै गएको गुनासो बढ्न थालेको छ । सहसचिव र उपसचिव तहका गरी दर्जनौ कर्मचारीहरुलाई मन्त्रालयको बरण्डामा थन्काइएको छ तर अझैं पनि तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहिन अवस्थामा चलिरहेको छ ।
गृह मन्त्रालयले गत शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासीमा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरिएको हो ।

बिज्ञापन

गृहले दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफर गर्दा अझैं थप तीन जिल्ला प्रमुख जिल्ला अधिकारी रिक्त छन् । खोटाङमा १६ माघ,ओखलढुंगामा १८ माघदेखि रिक्त रहेको छ । यस्तै रौतहट जिल्ला पनि प्रमुख जिल्ला अधिकारी विहनि बन्न पुगेको छ ।

बिज्ञापन

यी जिल्लाहरु प्रमुख जिल्ला अधिकारीविहिन भइरहँदा गृहमा सूर्य सेढाई र शशिधर घिमिरे बिगत पाँच महिनादेखि बरण्डामा छन् । यस्तै झण्डै दुई महिनादेखि बन्धु बास्तोला र प्रेम भट्टराई,अर्थबाट गृहमा भित्रिएका नारायण रिसाल दुई साता दिनदेखि जिम्मेवारी विहिन छन् । त्यहाँ दर्जन बढी उपसचिवहरु कौसीमा थन्काइएको छ ।
यसरी प्रमुख जिल्ला अधिकारीविहिन भएका केही जिल्लामा अप्रिय घटनाहरु घटिरहेका छन् । गत चार फागुनमा ४ फागुनमा खोटाङको हलेसी बजारमा आगलागी हुँदा नवलपरासीमा भएको अप्रिय घटना घट्दा त्यहाँ प्रमुख जिल्ला अधिकारी थिएनन् । खोटाङमा महिना दिन बित्दा समेत गृह प्रशासनले प्रमुख जिल्ला अधिकारी खटाउन सकेको छैन ।

शुक्रवारमात्र रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी पश्चिम सरुवा गरिएको थियो । शुक्रवारको मन्त्रिस्तरीय निर्णयबाट नवलपरासीबाट सरुवा भएर माइती गाउँ मकवानपुरमा सरुवा भएकी स्किम श्रेष्ठ सोमबारमात्र त्यता हिडिसकेकी थिइन । मंगलबार यो अप्रिय निर्णय भएको हो । नयाँ सीडीओ रेग्मी हाजिर भइसकेका थिएनन् । तर मंगलबार बिहानैदेखि नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । घटनामा एक जनाको मृत्यु र दर्जनौं घाइते भए ।
यसरी कर्मचारी परिचालनमा गृहले अझैं पनि ध्यान दिन सकेको छैन । बरु त्यहाँका मन्त्री र सचिवको ध्यान कर्मचारीभन्दा प्रहरीको सरुवा बढुवामा केन्द्रित हुँदा समस्या आएका गृहका कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

कार्यकक्षमै कुटिए डिभिजन वन कार्यालयका प्रमुख

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

चार मन्त्रीले जवाफ दिने

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

बिशेष