को होला स्वास्थ्य सचिव ?

डा रोशन पोखरेल घर फर्किएपछि रिक्त रहेको स्वास्थ्य सचिवमा को पुग्लान ? १२ फागनुदेखि स्वास्थ्य सचिव डा रोशन पोखरेलको अनिवार्य अवकास भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त स्वास्थ्य सचिवको नाम सिफारिस भएको छ ।

बिज्ञापन

सचिव समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी,मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रूपमा पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव रहेको समितिले डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

सिफारिस भएकामध्ये डा विकास देवकोटा हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा कार्यरत छन् भने डा संगीता कौशल मिश्र र डा टंक बाराकोटी मन्त्रालयमै कार्यरत छन् । जसमध्ये मिश्र ०७९ असार २३ गते १२ औ तहमा बढुवा भएकी हुन पनि विकास र टंक भने संगीता बढुवा भएको ९ महिना पछि चैत्रमा मात्र १२ औ तहमा उक्लिएका हुन ।

जसमध्ये स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल डा देवकोटालाई सचिव बनाउन चाहन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली झापाली बाराकोटीलाई सचिव बनाउने पक्षमा ।

बिज्ञापन

०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन्,अहिले ।

यस्तै २०५६ सालबाट सेवा प्रवेश गरेका झापाली बराकोटीले मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।

यस्तै ५७ सालमा सेवा प्रवेश गरेकी मिश्र कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापनमा अब्बल ठहरिएकी कर्मचारी हुन । उनी पछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशक चलाइसकेकी कर्मचारी हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको स्थानीय तहलाई परिपत्र : समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउनु

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

माओवादीले सदन चल्न नदिने गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

बिशेष