सडक विभागका महानिर्देशक रामहरि पोखरेलले ग्वार्को फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । ललितपुरस्थित ग्वार्को चोकमा बनिरहेको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण कार्य अब १६ प्रतिशत मात्र बाँकी रहेको पोखरेलको भनाई छ । ०७९ मंसिर २३ शुक्रबारबाट सुरु भएको काम अन्तिम चरणतिर पुगेको हो।
बिज्ञापन
ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्को, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अनुसार पहिलो चरणअन्तर्गत ग्वार्को चोकको फ्लाई ओभर निर्माण सुरु गरिएको थियो। नेपालको सडक सञ्जालअन्तर्गत बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो।
बिज्ञापन
फ्लाई ओभर पुलको सम्पूर्ण कार्य चैत्र मसान्त सम्म सम्पन्न हुने लक्ष्य लिइएको छ । विभागका अनुसार, सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य मध्ये ८७६ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । मध्यपहाडी राजमार्गको विभिन्न खण्डहरूमा कुल १२ दशमलव ५ किमी सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको विभागले जनाएको छ । हुलाकी राजमार्गको विभिन्न खण्डहरूमा कुल ३९ दशमलव ५ किमी सडक कालोपत्रे गर्ने कार्य यो बीचमा सम्पन्न भएको छ।
राष्ट्रिय गौरवका पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग र कालिगण्डकी कोरिडोरको विभिन्न खण्डहरूमा ५६ कि.मि सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ७८ दशमलव ५ किमी सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ। माघ मसान्तसम्ममा ४१ वटा पुल निर्माण कार्य सम्पन्न भएको जनाइएको छ ।
बिज्ञापन
पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्ड लामो समयदेखि निर्माण कार्य अवरुद्ध भइरहेकोमा विभिन्न तह र चरणमा भएको छलफलपछि हाल निर्माण कार्यले तीव्रता लिएको छ । बुटवल चन्द्रौटा सडकको ६९ किमिमध्ये बुटवल गोरसिंङ्गे खण्डको ५० किमि सडक चौडा गर्न ठेक्का सम्पन्न भई निर्माण कार्य सुरु भएको छ । कालिगण्डकी कोरिडोरको रिडी मालढुङ्गा सडक खण्डमा ६ दशमलव ५ किमी र मालढुङ्गा जोमसो कागबेनी खण्डमा २० किलोमिटर गरी कुल २६ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ।
यस्तै, हेम्जा नयाँपुल सुरूङ्गमार्ग, कास्कीको डिपिआर कार्य सम्पन्न भएको छ।तमोर कोरिडोर चतरा मुलघाट सुभाङखोला सडक खण्डमा १४ किमि कालोपत्रे गर्ने कार्य सम्पन्न भएको विभागका महानिर्देशक पोखरेलले जनाएका छन् । यस्तै रानी बिराटनगर धरान सडक खण्डको तरहरा सेउती खण्डको ५ दशमलव ३ किमि सडक ४ लेनमा कालोपत्रे गर्ने कार्य सम्पन्न छ।भेडेटार रवि राँके सडक खण्डमा ४ कि मि सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । सालझन्डी सन्धिखर्क ढोरपाटन सडक खण्ड अन्तर्गत खुसनि, पाल्पा देखि पटौटि, अर्घाखाँची सम्म विभिन्न स्थानको १ दशमलव ५ किमि निर्माण कार्य सम्पन्न छ। कमला कंचनपुर सडक पूर्वी खण्डमा २ दशमलव ८ किमि तथा पश्चिम खण्डमा ३ दशमलव ११ किमि गरी कुल ५ दशमलव ९१ किमि सडक ४ लेनमा कालोपत्रे गर्ने कार्य सम्पन्न छ।
पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल पूर्वी खण्डमा १ दशमलव २५ किमि तथा पश्चिम खण्डमा १ दशमलव ८२ गरी कुल ३ दशमलव ०७ सडक कालोपत्रे सम्पन्न छ।पृथ्वी राजमार्गको मुग्लिङ्ग पोखरा पूर्वी खण्डमा ४ दशमलव ७५ किमि तथा पश्चिम खण्डमा ८ दशमलव ६८ किमि गरी कुल १३ दशमलव ४३ किमि ४ लेन कालोपत्रे सम्पन्न भएको जनाइएको छ । भेडेटार–रवि–राँके सडक खण्डमा केही सडक कालोपत्रे भई निर्माणको काम भई रहेको छ ।
रानी –विराटनगर – किमाथांका (कोशी राजमार्ग) ट्र्याक खोल्ने कार्य भई यो सडक चीन, भारत र नेपालको त्रिदेशीय सडक सञ्जालको रूपमा जोडिएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा पूर्वी खण्डमा ४ दशमलव ७५ किलोमिटर, पश्चिम खण्डमा ८ दशमलव ६८ किलोमिटर गरी कुल १३ दशमलव ४३ किलोमिटर ४ लेन कालोपत्रे गर्ने काम सम्पन्न भएको विभागका महानिर्देक पोखरेलले जनाएका छन् ।