वीमा प्राधिकरणको नेतृत्व पत्रकारलाई,दुई हस्ति पछि पर्नुको यस्तो छ कारण

दुई हस्तिहरुलाई पछि पार्दै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

बिज्ञापन

अध्यक्ष बन्न १२ जना प्रतिष्पर्धामा रहेका थिए । त्यसमध्ये सर्ट लिष्टमा पूर्व सचिव रामशरण पुडासैनी, प्राधिकरणका कार्यकारी निर्देशक कमल रेग्मी, पूर्व अध्यक्ष चिरन्जिवी चापागाई, स्वास्थ्य वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर बसौला र शरद ओझा रहेका थिए ।

बिज्ञापन

यीमध्येबाट पुडासैनी,बसौला र ओझाको नाम सिफारिस भएको थियो । अर्थ मन्त्रालय एमालेसँग भएका कारण एमाले निकटकै पूर्व सचिव रामशरण पुडासैनीलाई प्रवल दावेदार मानिएको थियो । कृषि बैंकको अध्यक्ष रहेका पुडासैनी नेकपा एमालेको कोटाबाट अध्यक्ष बन्न चर्चा थियो । यस अघि उनी राजश्व सचिव पदबाट अवकाश पाएका थिए ।

यसअघि एमालेको सरकार हुँदा एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाउने निर्णय केपी शर्मा ओलीको सरकारले गरेको थियो । एशियाली विकास बैंकबाट फर्केपछि पुडासैनी अर्थ मन्त्रालयमा कार्यरत थिए । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष बढी अर्थमन्त्रालयमा काम गरेका,निजामतीमा ३३ बर्ष बिताएका अनुभवी प्रशासक भएका कारण प्रवल दावेदार उनैलाई मानिएको थियो ।

बिज्ञापन

 

यस्तै, भारतको सिंघानिया युनिभर्सिटीबाट बीमामा पीएचडी गरेको डा बसौला पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका एसोसिएट प्रोफेसर समेत रहिसकेका अनुभवी व्यक्तिका रुपमा हेरिएको थियो । सन् २०१६ मा विमाको क्लेम सेटलमेन्ट प्राक्टिसमा पीएचडी गरेका उनी २३ वर्षदेखि अध्यापन पेसामा संलग्न थिए । स्वास्थ्य वीमा वोर्डको नेतृत्व गरिसकेका बसौलालाई समेत अर्काे सम्भाव्य उमेद्धारको रुपमा हेरिएको थियो तर यी दुबैलाई पछि पार्दै वीमा प्राधिकरणको नेतृत्व पत्रकार ओझाले पाएका छन् ।

ओझाले त्रिभुवन विश्व विद्यलयबाट मास्टर्स अफ बिजनेश स्टडिज बिजनेश एड्मिनिस्ट्रेसन म्यानेजमेन्ट एकाउन्टेन्सीमा स्नाताकोत्तर गरेका छन् । यस्तै, ‘ल’ क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् । मिडिया र कर्पोरेट क्षेत्रहरूमा उच्च व्यवस्थापनमा काम गरेका ओझा अध्यापन, वित्तीय क्षेत्र रिपोर्टिङ, र स्टक ब्रोकरेज फर्महरू सहित विभिन्न क्षेत्रहरूमा १२ वर्षको अनुभव छ ।

बीमा ऐनको दफा ८ को उपदफा १ को खण्ड (क) मा अध्यक्ष बन्नका लागि स्नातकोत्तर उत्तिर्ण भई बीमा क्षेत्रमा उच्च तहमा पाँच बर्ष काम गरेको अनुभव स्पष्ट रुपमा उल्लेख गरिएको भए पनि खण्ड क लाई नजरअन्दाज गर्दै ओझालाई नियुक्त गरिएको छ ।

स्रोतका अनुसार राजनीतिक भागवण्डाका आधारमा कुरा मिलाउँदा वीमा प्राधिकरण काँग्रेसको कोटामा पर्दा त्यहाँ सर्ट लिष्टमा परेका एमाले निकटका दुई हस्तिहरु रिङ आउट हुनु परेको बताइन्छ । वीमा प्राधिकरणको अध्यक्षका लागि सर्ट लिष्टमा परेका पुडासैनी र बसौला एमाले निकटका हुन भने ओझा काँग्रेस सभापति देउवा निकटका । ओझा काँग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट प्राधिकरणमा परेका हुन । काँग्रेसको भागमा अब तीन साता पछि रिक्त हुने गभर्नर समेत पर्ने बताइएको छ । यस्तै नेप्सेको अध्यक्ष र दिनेश थपलिया घर गएपछि रिक्त हुने निर्वाचन आयोग एमालेले लिने मोटामोटी सहमति भएको छ । सोही भागवण्डा बमोजिम यो नियुक्ति गरिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।