वीमा प्राधिकरणको नेतृत्व पत्रकारलाई,दुई हस्ति पछि पर्नुको यस्तो छ कारण

दुई हस्तिहरुलाई पछि पार्दै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

बिज्ञापन

अध्यक्ष बन्न १२ जना प्रतिष्पर्धामा रहेका थिए । त्यसमध्ये सर्ट लिष्टमा पूर्व सचिव रामशरण पुडासैनी, प्राधिकरणका कार्यकारी निर्देशक कमल रेग्मी, पूर्व अध्यक्ष चिरन्जिवी चापागाई, स्वास्थ्य वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर बसौला र शरद ओझा रहेका थिए ।

बिज्ञापन

यीमध्येबाट पुडासैनी,बसौला र ओझाको नाम सिफारिस भएको थियो । अर्थ मन्त्रालय एमालेसँग भएका कारण एमाले निकटकै पूर्व सचिव रामशरण पुडासैनीलाई प्रवल दावेदार मानिएको थियो । कृषि बैंकको अध्यक्ष रहेका पुडासैनी नेकपा एमालेको कोटाबाट अध्यक्ष बन्न चर्चा थियो । यस अघि उनी राजश्व सचिव पदबाट अवकाश पाएका थिए ।

यसअघि एमालेको सरकार हुँदा एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाउने निर्णय केपी शर्मा ओलीको सरकारले गरेको थियो । एशियाली विकास बैंकबाट फर्केपछि पुडासैनी अर्थ मन्त्रालयमा कार्यरत थिए । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष बढी अर्थमन्त्रालयमा काम गरेका,निजामतीमा ३३ बर्ष बिताएका अनुभवी प्रशासक भएका कारण प्रवल दावेदार उनैलाई मानिएको थियो ।

बिज्ञापन

 

यस्तै, भारतको सिंघानिया युनिभर्सिटीबाट बीमामा पीएचडी गरेको डा बसौला पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका एसोसिएट प्रोफेसर समेत रहिसकेका अनुभवी व्यक्तिका रुपमा हेरिएको थियो । सन् २०१६ मा विमाको क्लेम सेटलमेन्ट प्राक्टिसमा पीएचडी गरेका उनी २३ वर्षदेखि अध्यापन पेसामा संलग्न थिए । स्वास्थ्य वीमा वोर्डको नेतृत्व गरिसकेका बसौलालाई समेत अर्काे सम्भाव्य उमेद्धारको रुपमा हेरिएको थियो तर यी दुबैलाई पछि पार्दै वीमा प्राधिकरणको नेतृत्व पत्रकार ओझाले पाएका छन् ।

ओझाले त्रिभुवन विश्व विद्यलयबाट मास्टर्स अफ बिजनेश स्टडिज बिजनेश एड्मिनिस्ट्रेसन म्यानेजमेन्ट एकाउन्टेन्सीमा स्नाताकोत्तर गरेका छन् । यस्तै, ‘ल’ क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् । मिडिया र कर्पोरेट क्षेत्रहरूमा उच्च व्यवस्थापनमा काम गरेका ओझा अध्यापन, वित्तीय क्षेत्र रिपोर्टिङ, र स्टक ब्रोकरेज फर्महरू सहित विभिन्न क्षेत्रहरूमा १२ वर्षको अनुभव छ ।

बीमा ऐनको दफा ८ को उपदफा १ को खण्ड (क) मा अध्यक्ष बन्नका लागि स्नातकोत्तर उत्तिर्ण भई बीमा क्षेत्रमा उच्च तहमा पाँच बर्ष काम गरेको अनुभव स्पष्ट रुपमा उल्लेख गरिएको भए पनि खण्ड क लाई नजरअन्दाज गर्दै ओझालाई नियुक्त गरिएको छ ।

स्रोतका अनुसार राजनीतिक भागवण्डाका आधारमा कुरा मिलाउँदा वीमा प्राधिकरण काँग्रेसको कोटामा पर्दा त्यहाँ सर्ट लिष्टमा परेका एमाले निकटका दुई हस्तिहरु रिङ आउट हुनु परेको बताइन्छ । वीमा प्राधिकरणको अध्यक्षका लागि सर्ट लिष्टमा परेका पुडासैनी र बसौला एमाले निकटका हुन भने ओझा काँग्रेस सभापति देउवा निकटका । ओझा काँग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट प्राधिकरणमा परेका हुन । काँग्रेसको भागमा अब तीन साता पछि रिक्त हुने गभर्नर समेत पर्ने बताइएको छ । यस्तै नेप्सेको अध्यक्ष र दिनेश थपलिया घर गएपछि रिक्त हुने निर्वाचन आयोग एमालेले लिने मोटामोटी सहमति भएको छ । सोही भागवण्डा बमोजिम यो नियुक्ति गरिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

सात कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

दलगत कर्मचारी ट्रेड युनियन होइन, एक मात्र आधिकारिक ट्रेड युनियन आवश्यक

हामी दलीय होइनौँ, कानुनअनुसार दर्ता भएका ट्रेड युनियन हौँ

बिशेष