नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन

काठमाडौं, ९ फागुन । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ३९ वटा संशोधन दर्ता भएका छन् ।

बिज्ञापन

गृह मन्त्रालयले माघ १५ मा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो । फागुन ५ मा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ३९ संशोधन प्रस्ताव दर्ता भएको हो ।

बिज्ञापन

गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न विधेयक संसदमा पेस गरिएको हो ।

प्रहरीसम्बन्धी ऐन नहुँदा प्रदेश प्रहरी गठन हुन सकेको छैन । सातवटै प्रदेशले प्रहरी ऐन चाँडो पारित गर्न संघीय सरकारलाई दबाब दिँदै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

बिशेष