कर्मचारी कुट्ने अध्यक्षलाई सिडियाे कार्यालयमा उभ्याइयाे,माफी मागेपछि आन्दाेलनका कार्यक्रम स्थगित

रुपन्देहीको रोहिणी गाउँपालिका कर्मचारी कुटिएको विषयमा वडा अध्यक्षले माफी मागेका छन्। जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा वडा अध्यक्ष करम हुसेन खानले गल्ती भएको भन्दै आत्मआलोचना गरेको र पीडित मधु प्रसाद घिमिरेसँग अबदेखि त्यस्तो नगर्ने भनी माफी मागेपछि दुवै पक्ष बीच सहमति भएको हो।

बिज्ञापन

सहायक प्रजिअ अयोध्या प्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरी, आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेय कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेय, कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमल पराजुली, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष उत्सव न्यौपाने लगायतका जिल्ला स्थित ट्रेड युनियनका प्रतिनिधिहरूको रोहबरमा पीडित मधु प्रसाद घिमिरे र वडा अध्यक्ष करम हुसेन खान बीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

बिज्ञापन

फाल्गुण ५ गते रुपन्देही जिल्ला स्थित रोहिणी गाउँपालिकाको बैठकमा आफ्नो विचार राखिरहेका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई सोही गाउँपालिकाका वडा नं. २ का अध्यक्ष करम हुसेनले गाली गलौज, दुर्व्यवहार एवम् हातपात गरेको घटनाप्रति रुपन्देहीका क्रियाशील सबै ट्रेड युनियनहरुले विरोध जनाउँदै दोषीलाई तत्काल पक्राउ नगरे कामकाज ठप्प पार्ने चेतावनी दिएका थिए।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको पहल र कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन कुमार पन्थी र हरी ज्ञवाली तथा कर्मचारी संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारीको समन्वयमा वार्ता भई सहमति भएपश्चात तत्कालका लागि विरोधका कार्यक्रम स्थगित भएका छन्

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

बिशेष