रेवन्तलाई उपाध्यक्षमै किन थन्काइयो ?

अवसरको खोजीमा दायाँ बायाँ लागेर पूरानै घर फर्किएकाहरुलाई एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसरी भित्तामा पु¥याउँछन् भन्ने पछिल्लो ज्वलन्त उदाहरण बनेको छ,निजामती कर्मचारी संगठनको महाधिवेशन ।

बिज्ञापन

एमाले पार्टी फुटेपछि केही समय माधव नेपाल निकट एकीकृत सरकारी कर्मचारीतिर लागेका रेवन्त गौतमलाई उक्त संगठनले ०७८ साल असोज २ मा तर्दथ समितिको अध्यक्ष बनाएको थियो तर तीन महिनापछि नै उनी सोही बर्षको पुसमा पूरानै घर फर्किए, बरिष्ठ उपाध्यक्षको रुपमा । तर,संगठनमा फर्किएको तीन बर्षसम्म पनि ‘तुष’ मेटिएन ।सोही कारण उनलाई उपाध्यक्षमै सीमित गरियो ।

बिज्ञापन

उक्त संगठनको १२ औ महाधिवेशन गत माघ ३० गते उदघाटन भएको थियो र फागुन १ गते सक्ने तालिका थियो । काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको सो महाधिवेशनमा नेतृत्व पक्तिले सर्वसहमति,महाधिवेशन प्रतिनिधिले चुनावी प्रक्रिया रोज्दा लम्बिन पुग्यो । यस पछि महाधिवेशनस्थल कार्की बैंक्वेट हुँदै क्वालिटी बैंक्वेटमा सारियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ,पार्टीको जनवर्गीय संगठन प्रमुख भानुभक्त ढकालदेखि निवर्तमान अध्यक्ष लेखनाथ कोइरालाले पनि भवानी दाहालको पक्षमा उभिदा आफ्नो पक्षमा माहोल हुँदाहुँदै पनि रेवन्त मैदान छाड्न विवश भए । रेवन्त गौतम अहिले आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष चलाइरहेका भोला पोखरेल पछिको नेता हुन । उनी निजामती कर्मचारी संगठनमा भोला अध्यक्ष हुँदा नै महासचिव थिए । छैटौं महाअधिवेशनदेखि नै उनी उपाध्यक्ष चलाइसकेका रेवन्तलाई महाअधिवेशन खाउँको दिनभरको शिकार नखाऊ कान्छो बाउको अनुहार बनेको चर्चा अहिले कर्मचारीहरु गर्दैछन् । अहिले अध्यक्षमा टीका लगाएकी भवानी आठौं महाअधिवेशनमा बल्ल केन्द्रिय सदस्य थिइन,उनी अनमी हुन भने रेवन्तको दरबन्दी प्यूठानको स्थानीय तहमा छ । उनी अहिले सामान्यमा हाजिर गर्दै आएका छन् ।

पछिल्लो समय नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र मर्दै गएको चर्चा हुन थालेको छ । पहिला पहिला चुनाव आउँदा उत्सवजस्तो हुन्थ्यो तर एमाले पार्टीमा मात्र होइन यस्का भातृ संगठनमा समेत महाअधिवेशनका नाममा नेता निकट र पकेटमा मान्छेलाई टिका लगाएर नेतृत्वको अवसर दिन थालिएको छ ।

बिज्ञापन

बालुवाटार भेटमा ओलीले रेवन्तलाई मीठो शब्दमा ‘तपाईंको क्षमता पुगेकै हो, प्रतिस्पर्धामा महिला हुनुहुन्छ,उहाँलाई सहयोग गर्नुस्’ भनी भवानीको पक्षमा विचार राख्नुभयो । पार्टीको मूल नेतृत्व नै एउटाको पक्षमा यसरी खुलेपछि महाधिवेशन प्रतिनिधिको भूमिका खुम्चियो । फलत: सर्वसम्मतिको नाममा माथिबाट थोपरिएको निर्णयले काठमाडौँ आएका ७३७ प्रतिनिधिको चुनावी चाहनालाई ब्रेक लाग्न पुग्यो । उसो त ३४ जना खुल्लामा चयन गर्दा एक जना पनि मधेशबाट सहभागिता भएन । त्यहाँ दलित,जनजाती पनि कोही अटेनन् भन्ने कर्मचारीहरुको असन्तृष्टि छ ।

महाअधिवेशन भनिने र सर्वसहमतीको रटान दिएर नेताकै पकेटका मान्छेलाई टिका लगाइने हो भने चुनावको गाइजात्रा किन देखाइएको भन्दै छन्,कर्मचारीहरु नै ।

कर्मचारीहरुका अनुसार,दशौं महाअधिवेशनसम्म त्यहाँ चुनावबाटै नेतृत्व आउँथ्यो । नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइरालालाई टिका लगाएर अध्यक्ष छानिएको थियो । संगठनको ११ औं अधिवेशनबाट कोइरालासहित सर्वसम्मत रुपमा टिका लगाएर नेतृत्व चयन गरिएको थियो । अहिले पनि उसैगरी नेताको पकेटको कर्मचारीलाई उसैगरी टीका लगाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष