गोरु तस्करी प्रकरण: चौकी इन्चार्जसहित ३ प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

हेटौँडा हुँदै अवैध रूपमा गोरु तस्करी प्रकरणमा हेटौँडा १५ रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ। हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरण छानबिनका लागि इन्चार्ज फुयाँलसहित प्रहरी सहायक हवलदार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले तस्करीलाई सहयोग गरेको सार्वजनिक आरोप पछि छानबिनको लागि उनीहरूलाई तत्कालको जिम्मेवारीबाट हटाइएको बताए । गत आइतबार राती फुयाँल सहित ड्युटीमा रहेका प्रहरी जिल्ला पशुसेवा कार्यालय मकवानपुरको आग्रहलाई बेवास्ता गर्दै अवैध ढंगबाट झापा लगिँदै गरिएको गोरु सहितको ट्रकलाई भगाइदिएको आरोप लागेपछि तीनजना प्रहरी छानबिनको दायरामा आएका हुन् ।

बिज्ञापन

फर्जी विल र भेटेनरी प्रमाणपत्र बनाएर कृषि प्रयोजनको लागि भन्दै बाप्र ०३–००१ ख १४२४ नम्बरको ट्रकमा रहेको २५ वटा गोरु सहितको ट्रकलाई रातोमाटे नाका कटाइदिएपछि जिल्ला पशुसेवा कार्यालयले पत्रकार सम्मेलन गरी घटनालाई सार्वजनिक गरेपछि चौकी इन्चार्ज सहित सोही समयमा डिउटीमा रहेका प्रहरी विवादमा तानिएका थिए ।

यता भेटेरीनरी प्रमाणपत्रमा आबुँखैरेनी, तनहुँका भीम राईको नाम उल्लेख छ। जसमा डा। टीकाराम न्यौपानेको हस्ताक्षर छ। नेपालबाट गोरु तस्करी गरी भारत हुँदै बंगलादेशसम्म मासु प्रयोजनका लागि पठाउन लगिएको हुन सक्ने अनुमानमा गोरु नियन्त्रणमा लिइएको उनले बताए। उक्त घटनाको छानबिन गर्न कार्यालयले आन्तरिक राजस्व कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई समेत पठाउने गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष