संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ७१ उपसचिवको सरुवा गर्दा ६ जनालाई जगेडा (अतिरिक्त) समूहमा राखेको छ । मन्त्रालयको गत आइतबारको निर्णय अनुसार शाखा अधिकृतबाट उपसचिवमा हालसालै उक्लिएका ३९ जना र समयावधि पुगेका ३२ जनाको सरुवा गरेको हो ।
बिज्ञापन
पदस्थापन गरिएका उपसचिवहरूमध्ये अधिकांशलाई जिल्ला समन्वय समितिको कार्यालयहरूमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । जस अनुसार मन्त्रायलले कमलप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा खटाएको छ । मोहनचन्द्र जोशीलाई जिसस डडेल्धुरा, झबिलाल भट्टराईलाई जिसस धनुषा, विमला काफ्लेलाई जिसस सुनसरी, सुवास श्रेष्ठलाई जिसस जुम्ला, शान्ति महतलाई जिसस सप्तरी, सपनाकुमारी भट्टराई अधिकारीलाई जिसस संखुवासभामा खटाइएको छ । सूची अनुसार, २४ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा खटाइएको छ भने बाँकी १५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित स्थानीय तहमा खटाइएको छ ।
बिज्ञापन
यस्तै मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गर्दा एकै पटक ६ जनालाई संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा राखिएको हो । सरुवाको सूची अनुसार,गृहबाट १५ उपसचिवहरु बाहिरिएका हुन भने विभिन्न मन्त्रालय,निकाय,स्थानीय तहमा कार्यरत १० उपसचिव गृहमा प्रवेश पाएका छन् ।
उपेन्द्र न्यौपाने,ध्रुव कोइराला,युवराज अर्याल,हिरादेवी पौडेल,परमानन्द घिमिरेलाई भूमि व्यवस्था मन्त्रालय, होमप्रसाद घिमिरे भंगाहा नगरपालिका,जिल्ला प्रशासन सिन्धुलीबाट कृष्ण फुँयाल लोहरपट्टी नगरपालिका,हरि प्रसाद गैरे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,डिजन भट्टराई,शम्भुप्रसाद रेग्मी,भिमकान्त पौडेल सामान्यको अतिरिक्त, सुवास पौडेल पाटन नगरपालिकामा खटाइएको छ ।
बिज्ञापन
यस्तै भूमिबाट राजेन्द्र कँडेल,निर्वाचन आयोगबाट यज्ञ बहादुर बूढा,उर्जा जलश्रोत मन्त्रालयबाट सुरेश सुनार,मुख्यमन्त्रीको कार्यालय गण्डकीबाट डिलबहादुर कार्की,प्रदेश प्रमुखको कार्यालय कार्यालय लुम्बिनीबाट भविश्वर घिमिरे,जिसस बाँकेबाट विक्रम पाण्डे,पदमलाल लामिछाने,सञ्जय कुमार पोखरेल,ऋृषिराम सुवेदी गृहमा भित्रिएका छन् ।
दुई महिना अगाडि मात्र पालुुङटार नगरपालिका पुगेका कमानसिङ थापा गृहमै फर्किएका छन् ।गृहबाट तिर्थराज पौडेललाई कविलासी नगरपालिका,प्रदीप साहलाई सिरहा नगरपालिका,होमप्रसाद घिमिरेलाई भंगाहा नगरपालिका,सुवास पौडेललाई पाटन नगरपालिका,जिल्ला प्रशासन कार्यालय रामेछापबाट किसान न्यौपानेलाई पालुङटार नगरपालिकामा खटाएको छ ।केही भने गृहबाट भूमि व्यवस्था मन्त्रालयमा गएका छन् । मन्त्रालयले ६ उपसचिवलाई जगेडामा राखेका छन् । जस अनुसार त्रियुगा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुभक्त सिग्देल, जिल्ला समन्वय समिति काभ्रेका जिल्ला समन्वय अधिकारी कृष्ण व्यान्जु,गृह मन्त्रालयबाट सरुवा गरिएका शम्भुप्रसाद रेग्मी, भीमकान्त पौडेल र गृह मन्त्रालय अन्तर्गतकै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत डा.डिजन भट्टराई र हरिवन नगरपालिका सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोलाई पनि मन्त्रालयमा सरुवा गर्दै अतिरिक्त समूहमा राखिएको छ ।
अतिरिक्त समूह वा जगेडालाई कर्मचारी वृत्तमा बरण्डा अर्थात कौसी विभागको रुपमा चर्चित छ । खासमा कुनै भ्रष्टाचारजन्य काण्ड लागेको खण्डमा मुद्धा चलुन्जेल कर्मचारीलाई अतिरिक्त समूहमा सार्ने चलन छ । अहिले यी ६ उपसचिवलाई किन र के कति कारणले जगेडामा राखिएको हो,सामान्य प्रशासनसँग जबाफ छैन ।सरकारले अघिल्लो आर्थिक बर्षमा मात्र कर्मचारीलाई अतिरिक्त समूहमा राखेर राज्यको १८ करोड रकम खर्च गरेको थियो । निजामती ऐन अनुसार कुनै कर्मचारीलाई महिना दिनभन्दा बढी अतिरिक्त समूहमा राख्न पाइदैन तर अहिले गृहकै बरण्डामा आधा दर्जन सहसचिव र एक दर्जन बढी उपसचिव विना कारण थन्काइएको छ ।