गृहका १५ उपसचिव बाहिरिँदा १० को इन्ट्री

गृह मन्त्रालयका १५ उपसचिवहरु बाहिरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो गरेको सरुवा सूची अनुसार,गृहका १५ उपसचिवहरु बाहिरिएका हुन भने विभिन्न मन्त्रालय,निकाय,स्थानीय तहमा कार्यरत १० उपसचिव गृहमा प्रवेश पाएका छन् ।

बिज्ञापन

यस्तै,मन्त्रालयले गृहबाट तिर्थराज पौडेललाई कविलासी नगरपालिका,प्रदीप साहलाई सिरहा नगरपालिका,होमप्रसाद घिमिरेलाई भंगाहा नगरपालिका,सुवास पौडेललाई पाटन नगरपालिका,जिल्ला प्रशासन कार्यालय रामेछापबाट किसान न्यौपानेलाई पालुङटार नगरपालिकामा खटाएको छ ।

बिज्ञापन

उपेन्द्र न्यौपाने,ध्रुव कोइराला,युवराज अर्याल,हिरादेवी पौडेल,परमानन्द घिमिरेलाई भूमि व्यवस्था मन्त्रालय, होमप्रसाद घिमिरे भंगाहा नगरपालिका,जिल्ला प्रशासन सिन्धुलीबाट कृष्ण फुँयाल लोहरपट्टी नगरपालिका,हरि प्रसाद गैरे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,डिजन भट्टराई,शम्भुप्रसाद रेग्मी,भिमकान्त पौडेल सामान्यको अतिरिक्त, सुवास पौडेल पाटन नगरपालिकामा खटाइएको छ ।
यस्तै भूमिबाट राजेन्द्र कँडेल,निर्वाचन आयोगबाट यज्ञ बहादुर बूढा,उर्जा जलश्रोत मन्त्रालयबाट सुरेश सुनार,मुख्यमन्त्रीको कार्यालय गण्डकीबाट डिलबहादुर कार्की,प्रदेश प्रमुखको कार्यालय कार्यालय लुम्बिनीबाट भविश्वर घिमिरे,जिसस बाँकेबाट विक्रम पाण्डे,पदमलाल लामिछाने,सञ्जय कुमार पोखरेल,ऋृषिराम सुवेदी गृहमा भित्रिएका छन् ।
दुई महिना अगाडि मात्र पालुुङटार नगरपालिका पुगेका कमानसिङ थापा गृहमै फर्किएका छन् । यस अघि समाचार प्रकाशन हुँदा उनी आफू सो पालिकामा खुसी रहेको प्रतिक्रिया दिएका उनी दुई महिनामै सिंहदरबार फर्किएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष