३९ फ्रेस उपसचिवको पोष्टिङ : २४ लाई जिसस,१५ ले पाए प्रमुख प्रशासकीयको जिम्मेवारी

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फ्रेस अफिसरहरुलाई स्थानीय तहमा खटाएको छ । हालैमात्र शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ३९ जना शाखा अधिकृतहरुलाई स्थानीय तहमा खटाएको हो ।
जसमा २४ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा खटाइएको छ भने बाँकी १५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित स्थानीय तहमा खटाइएको छ ।

बिज्ञापन

पछिल्लो समय जिससको भूमिका माथि नै प्रश्न उठ्दै आएको स्थिति छ । स्थानीय तह नै भए पनि जिससले कानुन बनाउने अधिकार छैन । संविधानको अनुसूचीमा तीनै तहका अधिकार क्षेत्र उल्लेख गरिएको छ । तर जिससको अधिकारबारे त्यहाँ केही उल्लेख छैन । जिसस नामअनुसार समन्वयको भूमिकामा सीमित छ । त्यसैले, जिल्लाभित्र विकास तथा निर्माणसम्बन्धी कार्य सन्तुलनका लागि अनुगमन गर्ने, जिल्लास्थित संघीय र प्रादेशिक कार्यालय साथै गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने अधिकार मात्रै यसले पाएको छ ।
यस्ता निकायमा आधाभन्दा धेरै जिससमा कर्मचारी छैनन्,जहाँ उपसचिवको दरबन्दी रहँदै आएको थियो । तिनै जिससमा हालैमात्र शाखा अधिकृतबाट बढूवा भएका उपसचिवलाई पठाइएको हो ।

Notices-2025021612195884

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

बिशेष