२ अर्बको ठेक्कामा ‘कार्टेलिङ्ग’ :-विवादमा तानिए सचिव र डिजी

कर्मचारीहरुले कसरी व्यवसायीलाई मालामाल हुने गरी कार्टेलिङ्ग गर्दछन् भन्ने अर्काे उदाहरण देखिएको छ,सिँचाई मन्त्रालयमा । उक्त मन्त्रालयले झण्डै साढे २ अर्ब रुपैयाँको एउटा आयोजनाको ठेक्का नै निकटका व्यवसायीलाई मात्र पोस्ने गरी कार्टेलिङ्ग गरेको उजुरी अहिले सार्वजनिक खरिद अनुगमनको कार्यलयमा पुगेको छ । सिक्टा सिँचाइअन्तर्गत करिब ४३ किमि नहरको ठेक्का आह्वान भएको केही अघि । आवेदन दिने अन्तिम मितिसम्ममा ११ कम्पनीहरुले आवेदन हालेका छन् । जसमा शर्मा एन्ड कम्पनी, कुमार श्रेष्ठ निर्माण सेवा, लामा कन्स्ट्रक्सन, बन्दन भगवती निर्माण सेवा, माउन्टेन इन्फ्रा कम्पनी, रसुवा निर्माण सेवा, फेवा–श्री गीता संयुक्त उपक्रम रहेका छन् ।

बिज्ञापन

यसरी टेण्डर (वोलपत्र) खोलिँदा आफू निकटका कम्पनीले मात्रै पाउन भनेर योग्यता राखेको भन्दै केही कम्पनीले सार्वजनिक खरिद अनुगमनको कार्यालय गुहारेका हुन । अरु त परकै कुरा निर्माण व्यवसायी महासंघले नै सिक्टा सिँचाइ आयोजना ठेक्का आह्वान हुँदा सेटिङमा भएको भन्दै सार्वजनिक खरिद अनुगमनको कार्यालय गुहारेको हो । आफू निकटका व्यवसायी वा ठेकेदारलाई पोस्ने गरी न्यूनतम योग्यता पछिल्ला १० वर्षमध्ये कम्तीमा ३ वर्ष ६२ करोड ५८ लाख वार्षिक आम्दानी गरेको हुनुपर्ने, आवेदन दिने कम्पनीको नगद प्रवाह क्षमता कम्तीमा १० करोड हुनुपर्ने, टनेल (सुरुङ) निर्माणमा कम्तीमा ७५ करोड १० लाख रुपैयाँबराबरको काम गरेको हुनुपर्ने शर्त राखिएपछि सो विरुद्ध अहिले निर्माण व्यवसायी महासंघ नै उजुर बाजुरमा उत्रिएको हो ।

बिज्ञापन

ठेकेदारहरुका अनुसार निर्माण व्यवसायीहरु शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवालाई ठेक्का दिने गरी सिँचाइ मन्त्रालय र विभागले सहयोग गरेको दाबी गरेका छन । उनीहरुले शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवाले ठेक्कापूर्व नै आयोजना, सिँचाइ विभाग र मन्त्रालयमा सेटिङ मिलाएको आरोप छ । यो प्रकरणमा सिँचाइ सचिव सरिता दवाडी, महानिर्देशक देवराज निरौलाहरु विवादमा मुछिएका छन् । निरौलालाई केही महिना अघिमात्र उर्जा मन्त्री दीपक खड्काले विभागको महानिर्देशको रुपमा नियुक्ति गरेका थिए । यस अघि उनी सोही विभागका उपमहानिर्देशक थिए । मन्त्री खड्काले महानिर्देशक सञ्जीव वराललाई मन्त्रालयमा तानेर निरौलालाई महानिर्देशक बनाएका थिए । यस अघि पनि उनी सिक्टा सिञ्चाई आयोजनासँगै जोडिएर कार्यरत कर्मचारी हुन ।

यो प्रकरणमा कुमार श्रेष्ठ निर्माण सेवाका सुशील श्रेष्ठ र शर्मा एन्ड कम्पनीका रमेश शर्मा मुछिएका छन् । उनीहरुको विरुद्ध नेपाल नेपाल निर्माण व्यवसायी महासंघले गत माघ २३ गते सार्वजनिक खरिद अनुगमनको कार्यालयमा उजुरी नै दर्ता गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष