बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन्।

बिज्ञापन

समारोह उद्‌घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेलले स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि दुवै जना घाइते भएका हुन् ।

बिज्ञापन

आचार्यका प्रेस सल्लाहकार भीम थापाका अनुसार प्रमुख आचार्य सामान्य घाइते भएका छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

आगोको हुर्को झ्याप्पै अनुहार तिर आएपछि मन्त्री पौडेल मञ्चतिर र मेयर आचार्य मञ्चको तलतिर हामफालेका थिए ।

बिज्ञापन

अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी डढेको प्रत्यक्षदर्शीले बताए । उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।

सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष सुरु गर्दा यो घटना भएको हो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष