महाधिवेशन प्रतिनिधि भन्छन्,’निर्वाचनमा जाऊ’,पार्टी भन्छ ‘टीका लगाऔं’

नेतृत्व चुन्ने सबैभन्दा लोकतान्त्रिक प्रक्रिया हो निर्वाचन । तर सत्ताधारी दल नेकपा एमाले निकटको नेपाल निजामती कर्मचारी संगठनमा निर्वाचन नगरी टीके प्रक्रियाबाट अध्यक्ष नियुक्त गर्न खोजिए पछि महाअधिवेशनका लागि प्रतिनिधि चयन भएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लाबाट राजधानी आइपुगेका कर्मचारीहरु आक्रोशित बन्न पुगेका छन् ।

बिज्ञापन

सत्ताधारी दल नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा सोही संगठनको निर्वाचनमा पार्टीले नै हस्तक्षेप गरेका कारण दुई दिनभित्रैमा सक्ने भनिएको निर्वाचन प्रक्रिया पाँच दिन व्यतित हुँदा समेत नयाँ नेतृत्व चयन गर्न सकस परिरहेको छ ।

बिज्ञापन

संगठनको १२ औ महाधिवेशन गत माघ ३० गते उदघाटन भएको थियो र फागुन १ गते सक्ने तालिका थियो । गत बुधबारदेखि काठमाडौँको सभागृहमा शुरु भएको सो महाधिवेशनले दुई दिनभित्रै नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका भए पनि पाँच दिन बित्दा समेत नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।

राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहबाट महाधिवेशनस्थल कार्की बैंक्वेटमा सारिएको थियो ।शनिबार बिहान महाधिवेशन प्रतिनिधिहरुलाई क्वालिटी बैंक्वेटमा उपस्थित गराइएको छ । पार्टीले पहिलो पटक महिला अध्यक्ष बनाएर नयाँ रेकर्ड राख्न खोजेपछि विवाद लम्बिएको हो । आगामी ३ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेका लागि देशभरबाट १ हजार बढी प्रतिनिधिहरु काठमाडौमा जम्मा भएका छन् ।

बिज्ञापन

रेवन्त पहिला एमाले निकट कर्मचारी संगठनमा थिए । पछि एकीकृत सरकारी कर्मचारी संगठन हुँदै पूरानै घर फर्किएका कारण उनलाई नेतृत्वले विश्वास नगरेको बुझिन्छ । त्यसमाथि पछिल्लो समय केपी शर्मा ओलीले आफैंले पहिलो महिला मुख्य सचिव,राष्ट्रपति,प्रधानन्यायधीश,सभामुख,अनेरास्ववियूको अध्यक्ष बनाएर रेकर्ड राखेका कारण नेपाल निजामती कर्मचारी संगठनमा पनि त्यही रेकर्ड राख्न् खोज्नुभएको बुझेका छौं,महाधिवेशनस्थलमा भेटिएका एक प्रतिनिधि भन्छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ,पार्टीको जनवर्गीय संगठन प्रमुख भानुभक्त ढकालदेखि हालका अध्यक्ष लेखनाथ कोइरालाले पनि भवानी दाहाललाई अध्यक्ष बनाउनुपर्ने अडान लिएका छन् । महाअधिवेशन प्रतिनिधिहरु निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् । सोही कारण निर्वाचन हुन नदिएको रेवन्त पक्षधरको दावी छ । उनीहरुका अनुसार निर्वाचन प्रक्रियामा गएको खण्डमा रेवन्तको पल्लाभारी हुने स्थिति छ । सोही कारण निर्वाचनमा नगइ सहमतिको रटान लगाइएको हो,सो संगठनका एक प्रतिनिधिले कर्मचारी प्रेससँग भने ।

नेतृत्व पक्तिले भवानीलाई अध्यक्ष बनाउनु पर्ने अडान र प्रतिनिधिहरु चुनावमार्फत नेतृत्व चुन्नुपर्ने विवादका कारण निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको निर्वाचन तालिका पनि कार्यान्वयन भएन ।अध्यक्षका लागि हालका उपाध्यक्षहरू रेबन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुने अवस्था थियो तर, पार्टीले हस्तक्षेप गरेका कारण निर्वाचन प्रक्रिया बिहानसम्मका लागि स्थगित भएको हो ।

आयोग अध्यक्ष बाबुराम थापाले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र अन्य प्रक्रिया पूरा गरी राति ११ बजेपछि मतदान गर्ने तालिका सार्वजनिक गरेका थिए । तर उम्मेदवारी नै दर्ता नभएपछि प्रतिनिधिहरुले छिटो नेतृत्व चयन सुरु गर्न माग गर्दै हलमा नाराबाजी गरेका थिए ।

अध्यक्ष मण्डलले भने शुक्रबार बेलुका ९ बजेपछि अर्को दिन बिहान ८ बजेसममका लागि भनेर महाधिवेशन स्थगित गरिदिएको थियो । सो पछि एमालेको एउटा टोली वालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष