नेपालका कारागारमा २९ हजार ५ सय कैदी,१५१४ विदेशी

भद्रगोल कस्तो छ,एकातिर क्षमताभन्दा दोव्वर कैदीबन्दी राखिएको छ,अर्काेतिर २ अर्व बढी लागतमा निर्माण सम्पन्न भएका कारागारलाई उद्घाटन सकिएको ६ महिना व्यतित हुँदासमेत पूर्ण क्षमतामा चलाउन कठिन !

बिज्ञापन

गत भदौंमैं विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) मा नुवाकोट कारागार बन्यो,जहाँका ४ ब्लकमा महिला र पुरुष गरी १ हजार ३ सय ७० जना कैदीबन्दी राख्न मिल्ने भए पनि उक्त कारागारमा हालसम्म क्षमताको आधा भन्दा कम बन्दीमात्र राखिएको छ । जबकी काठमाडौंको डिल्लीबजार,जगन्नाथदेवल,नख्खु लगायतका कारागार क्षमताभन्दा दोव्वर कैदी राखिएको छ । उनीहरुलाई स्नान्तन्तरण गर्न अझैं सकस परिरहेको छ,कारागार व्यवस्था विभागलाई ।

बिज्ञापन

देशभरका ७५ कारागारमध्ये सबैभन्दा धेरै कैदीबन्दी काठमाडौंको जगन्नाथदेवलस्थित कारागारमा राखिएको छ । त्यहाँ २०८ महिलासहित १८७७ कैदी रहेका छन् भने २८८ महिलासहित १६९२ थुनुवा गरी ३५७९ थुनुवा रहेकामा २९१ विदेशी रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार,यस्को क्षमता २२ सय कैदी मात्र हो । यस्तै,डिल्लीबजार कारागारमा ३११ कैदी,३२२ थुनुवा गरी ६३३ कैदीबन्दी रहेकामा ३३ विदेशी नागरिक कैद छन् । नख्खु कारागारमा ८९९ कैदी,४८२ थुनुवा गरी १३८१ कैदी छन्,जहाँ विदशी ९० नागरिक कैद छन् । जगन्नाथदेवलमा रहेकामध्ये २२ सय बढी विरामी रहेका जसमध्ये १६९२ थुनुवा रहेका कारण स्नान्तरण गर्न समस्या भएको सरकारी अधिकारीहरुको जिकिर गर्दछन् । नख्खु कारागारमा गत असोजसम्ममा ४ सय स्नान्तरण गरेर नुवाकोट पठाइएपछि त्यहाँ १३८१ कैदी छन्,जस्को क्षमता एक हजार मात्र हो । यस्तै डिल्लीबजार कारागारबाट १४ कैदी नुवाकोट स्तान्नन्तरण गरिएको छ । कैदीबन्दीमध्ये केही विरामी र थुनुवाहरु रहेको कारण स्तान्नतरणको समस्या भएको कारागार व्यवस्था विभागका कर्मचारीहरु जिकिर गर्दछन् ।

हालै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको नुवाकोट कारागारमा गत भदौंदेखि यता २३ महिलासहित ६९३ कैदी र ३८ थुनुवा गरी ७३१ कैदीबन्दी छन् । उक्त कारागारको क्षमता १३७० रहेको बताइएको छ । सो कारागार निर्माणको व्यापक अनियमितता भएको बिषयले अहिले बजार गर्माइरहेको अवस्था छ ।

बिज्ञापन

नेपालका कारागारमा कुल २९ हजार ४ सय ८४ कैदीबन्दी छन् । जसमा महिला १६७० जना रहेका छन् । जसमध्ये कैदी १७ हजार ३ सय ३३ पुरुष,९६३ महिला गरी १८ हजार २९६ कैदी हुन भने १० हजार ४ सय ८१ पुरुष,७०७ महिला गरी ११ हजार १ सय ८८ थुनुवा रहेको केन्द्रीय कारागार विभागले जनाएको छ । विभागका अनुसार,जसमध्ये ६५ बर्ष माथिका ४३९,आश्रित बालबालिका ८३ रहेका छन् भने १५१४ विदेशी नागरिक नेपालको कारागारमा कैद छन् । यस्तै,कैदी बालकको संख्या ७५२,कैदी बालिका २०,थुनुवा बालक ७६३,थुनुवा बालिका १६ गरी १३५१ बालबालिका देशभरका ९ वटा बाल सुधार गृहको जिम्मामा लगाइएको छ । जसमा सबैभन्दा धेरै बाल सुधार गृह बाँकेमा २६७,भक्तपुरमा २५६,मोरङ्गमा २४१ बालबालिका रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । गत पुस मसान्तसम्मको आँकडा अनुसार,,झापा कारागारमा १६९१ कैदी रहेकामा ७०९ थुनुवा हुन । झुम्का सुनसरीमा १७४३,मोरङ्ग कारागारमा ११०८,पर्सामा १३८० कैदी रहेका छन् । भीमफेदीमा १०६१ रहेका छन् । हाल देशका पाँच जिल्ला कारागारविहिन छन् । धनुषा,वारा,भक्तपुर,पूर्वी नवलपरासी,पूर्वी रुकुम जिल्लामा कारागार छैनन् भने काठमाडौेंमा जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) मा कारागार छन् । यस्तै र दाङ्गको घोराही र तुल्सीपुरमा पनि दुई दुई वटा कारागार रहेका छन् ।

भारत,बेलारुस,पाकिस्थान,जाम्बियान,भुटान,क्यानडा,बोलिभिया,बर्मा,चीन लगायतका एक दर्जन देशका १५१४ विदेशी कैदीबन्दी छन्,अहिले कारागारमा । जसमा सबैभन्दा धेरै भारतीयको छ । कैद भुक्तान गरिरहेकामध्ये सबैभन्दा धेरै जर्वजस्ती करणीको मुद्धाका ९ महिलासहित ५४५६,लागू औषध मुद्धामा २४४ महिलासहित ३२५९,कर्तव्य ज्यान मुद्धामा ३७७८, चोरीका ९९८,सवारी ज्यान ६ सय रहेका छन् । विभिन्न ७४ मुद्धामा १८ हजार २९६ कैदी रहेकामध्ये ११ हजार १ सय ८८ थुनुवा रहेका छन् । पछिल्लो समय अपराध कर्ममा जोडिने नेपालीको संख्या बढ्दै छ । ०६८ असार मसान्तसम्ममा जम्मा १३ हजार ६८ कैदीबन्दी रहेकोमा १३ बर्षमा यो संख्या दोब्बरभन्दा बढीले बढेर २९ हजार ४ सय ८४ पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने

जलवायु वित्त र दिगो विकास

कर्मचारी नियुक्तिदेखि सरुवामा मोलमोलाइ : विवादै विवादमा मन्त्री गुप्ताको बर्ष दिन

‘कुलिङ पिरियड’मा छलछाम : आज घोषणा हुँदैछ विशेष छानविन समिति

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

श्रम मन्त्रालयको ‘हराएको’ सरकारी गाडी फेला: सत्ता संघर्ष र गम्भीर दुरुपयोगको पर्दाफास

नैतिकताको प्रश्नले जेलिएका तीन मन्त्री : न राजीनामा दिन्छन् न प्रधानमन्त्रीले हटाउने आँट गर्छन्

पढ्न आउछ माननीयज्यू ?

बिशेष