मन्त्रालयको प्रशासन नै फितलो छ:- सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको प्रशासन नै फितलो भएको बताएका छन् ।

बिज्ञापन

बुधबार २०८१/८२ को दोस्रो त्रैमासिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो प्रशासन एकदमै फितलो छ । मुख्य समस्या नै हाम्रो प्रशासन हो । यसमा हामी सबैले मिलेर सुधार गरौं । योसँगै नीतिगत कुराहरु पनि छन् । यसलाई हामी मिलाउने काम गरिरहेका छौं । यसमा हुलाक सेवा, रासस र गोरखापत्रको पनि नयाँ ऐन बनाउनुपर्ने छ । यो चाँडो हुन सकिरहेको छैन ।’

बिज्ञापन

यसैगरी, उनले हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भएको बताए । उनले आफ्नो मन्त्रालयलगायत जहाँ पनि कर्मचारी र बजेटको पनि अभाव हुने गरेको बताए ।
उनले भने, ‘हाम्रो विरासत नै गञ्जागोल छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र फोहोर थुपार्ने प्रवृत्तिको छ । यसलाई हामीले सरसफाई गर्नुपर्ने छ । हाम्रो मन्त्रालयलाई धेरै बजेट नै राखेको छैन । जहाँ पनि कर्मचाीको अभावसँगै बजेटको पनि अभाव हुन्छ ।’
साथै, उनले विद्यमान जनशक्ति भएपनि कार्य क्षमता र कार्यदल एकदमै कमजोर रहेको बताए । उनले कार्य क्षमता र कार्यदल कमजोर भएकाले लिडरसिपको भूमिका कमजोर देखिएको बताए ।

उनले भने, ‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाँही कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ । यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन की के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो की रु आम रुपमा यो समस्या हो । यसमा लिडरसिपको भूमिका कमजोर देखियो । लिडरसिपहरुले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

२७ लाख २० हजारको हातमा राष्ट्रिय परिचयपत्र

स्वकीयको घुस डिलमाथि छानबिन भएन,मन्त्रीको लाखौं घुस डिलको उजुरी पुग्यो अख्तियारमा

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

बिशेष