५२ भाइको नियुक्ति उपर बल्ल अघि बढ्यो सुनुवाइ

चार बर्षदेखि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक आयोगमा नियुक्त ५२ जना पदाधिकारीको असंवैद्यानिक तवरले नियुक्ति गरेको बिषय बल्ल अदालतमा प्रवेश पाएको छ ।

बिज्ञापन

२०७७ सालमा अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरी विभिन्न संवैद्यानिक आयोगहरुमा नियुक्ति गर्दा प्रक्रिया मिचिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले उक्त नियुक्ति गैरसंवैधानिक भएकोले बदरको माग गर्दै रिट दायर गरेका थिए ०७७ साल पुस १ गते ।

बिज्ञापन

सो रिट उपर तत्कालीन प्रधानन्यायधीश चोलेन्द्र समशेर जबरा हुँदा सदैव हेर्न नभ्याइनेमा पर्दै आएको सो मुद्धामा तत्कालीन प्रधानन्यायधीश दीपककुमार कार्कीले ०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ प्रधानन्यायधीश हुँदा यो रिटको सुनुवाई प्रक्रिया त्यसै अल्झिएको थियो ।

बिज्ञापन

चार बर्षदेखि संवैद्यानिक इजलाशमा पालो कुरिरहेको उक्त रिटमाथि आज बल्ल सुनुवाई शुरु भएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा रिटको सुनुवाइ शुरू भएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

यो रिट उपर अब नियमित सुनुवाई हुने जनाइएको छ । संवैधानिक इजलास अब शुक्रबार बस्ने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

बिशेष