संघीय निजामती सेवामा थपियो सूचना प्रविधि सेवा समूह

संघीय निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा समूह थपिएको छ ।

बिज्ञापन

हाल निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवासहित १० वटा सेवा समूह रहेका छन् ।अब त्यहाँ सूचना प्रविधि सेवा समूह पनि थपिएको हो ।

बिज्ञापन

उक्त सेवा भित्र नेपाल सूचना प्राविधि सेवा समूह थप हुने भएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल चलिरहेको छ । आज दफा ५ उपर भएको छलफलमा उक्त दफा पास भएको हो । उक्त विद्येयकमा १४७ वटा दफा रहेकामा बुधबार दफा ५ उपर छलफल भएको थियो ।

सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव राखेका थिए । तर,समिति सभापति रामहरि खतिवडाले स्वास्थ्य सेवा र संसद सेवाबारे पुनः विस्तृत छलफल गर्ने गरी दफा ५ पारित भएको घोषणा गरेका छन्।

बिज्ञापन

संसद स्वायत्त भएका कारण यसलाई छुट्टै सेवा समूहको रुपमा राख्ने तयारी भइहरेको जनाइएको छ । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिले यस अघि विद्येयकको दफा १ देखि ४ सम्म पास गरिसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष