संघीय निजामती सेवामा थपियो सूचना प्रविधि सेवा समूह

संघीय निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा समूह थपिएको छ ।

बिज्ञापन

हाल निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवासहित १० वटा सेवा समूह रहेका छन् ।अब त्यहाँ सूचना प्रविधि सेवा समूह पनि थपिएको हो ।

बिज्ञापन

उक्त सेवा भित्र नेपाल सूचना प्राविधि सेवा समूह थप हुने भएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल चलिरहेको छ । आज दफा ५ उपर भएको छलफलमा उक्त दफा पास भएको हो । उक्त विद्येयकमा १४७ वटा दफा रहेकामा बुधबार दफा ५ उपर छलफल भएको थियो ।

सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव राखेका थिए । तर,समिति सभापति रामहरि खतिवडाले स्वास्थ्य सेवा र संसद सेवाबारे पुनः विस्तृत छलफल गर्ने गरी दफा ५ पारित भएको घोषणा गरेका छन्।

बिज्ञापन

संसद स्वायत्त भएका कारण यसलाई छुट्टै सेवा समूहको रुपमा राख्ने तयारी भइहरेको जनाइएको छ । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिले यस अघि विद्येयकको दफा १ देखि ४ सम्म पास गरिसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

बिशेष