मन्त्रीलाई जिल्ला लैजाँदा इञ्चार्ज र अध्यक्षको मन मुटाव

छेपारोले के रङ्ग फेर्दछ र त्यो भन्दा बढी रङ्ग फेर्ने एउटा रसुवाली नेता छन् । विगतमा कम्युनिष्ट राजनीतिबाट स्खलित भएर काँग्रेस हुँदै अहिले नव एमाले बनेका उनै कमरेडका कारण अहिले नेकपा एमाले रसुवाभित्र भाँडभैलो शुरु भएको छ ।

बिज्ञापन

पछिल्लो भाँडभैलोको एउटा दृश्य,जनस्तरमै देखिने गरी सतहमा आएको बताइएको छ । गत माघ २१ श्रीपञ्चमीको पावन अवसरमा नौकुण्ड गाउँपालिका वडा नम्बर ३ फाम्चेतमा अवस्थित गौतम बुद्ध माध्यमिक विद्यालयको ४८ औं बार्षिकउत्सबको ।

बिज्ञापन

त्यहाँ प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई । विशेष अतिथि थिए,जनार्दन ढकाल । विशेष अतिथिमा जिल्ला कमिटिका अध्यक्ष जनार्दन ढकाललाई बनाइएसँगै पार्टी इञ्चार्ज प्रेम तमाङ्गलाई सो बिषय पचेन । सो पछि तमाङ्ग उक्त कार्यक्रम नै विथोल्न लागिपरेको जर्नादन पक्षधर एक नेताले कर्मचारी प्रेसलाई बताए ।

आफूलाई कुनै जानकारी नगराई प्रमुख अतिथिमा शिक्षा मन्त्री विद्या भट्टराईलाई बनाइएसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारमार्फत जिल्लामा कार्यक्रको लफडा छ,त्यहाँ नआउनु भनेर रोक्नेसम्मको गतिविधि गरेको जानकारी आफूहरुलाई प्राप्त भएको ती नेताको भनाई छ ।

बिज्ञापन

बिषय यति पेचिलो बन्दै गयो कि मन्त्री विद्यालाइ उक्त कार्यक्रममा लैजाने बिषय पूर्व संविधान सभा सदस्य जनार्दन ढकालको प्रतिष्ठाको बिषय बन्न पुग्यो । उनले मन्त्री भट्टराईलाई कार्यक्रमा प्रमुख अतिथीको रुपमा लगे । सो कार्यक्रम नै विथोल्न तमाङ्ग लागिपरेको जनार्दन पक्षधरको आरोप छ । कार्यक्रम सकिए पछि भोलिपल्टै उक्त कार्यक्रमको समीक्षा बैठक बसेको थियो ।

प्रेम पक्षधर एक नेतालाई यस बिषयमा जिज्ञासा राख्दा जिल्ला इञ्चार्जलाई जानकारी नदिइ अध्यक्षले पेलेर कार्यक्रम गर्न खोजेपद्धि मनमुटाव हुनु सामान्य बिषय हो भन्दै यसलाई सामन्यीकरण गर्न खोजे ।

यद्यपि, आयोजकले भने यो बिषयलाई गलत अफवाह भनेको छ । कसलाई प्रमुख अतिथी बनाउने,वा कसलाई विशेष अतिथी बनाउने भन्ने बिषय आयोजकले निर्धारण गर्ने कुरा हो । विद्यालयको बार्षिकोत्सव कार्यक्रमलाई पार्टी राजनीतिसँग जोड्नु नै गलत भएको आयोजकमध्येका एकले कर्मचारी प्रेसलाई प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय प्रेम तमाङ्गका कारण एमाले पार्टीमा भाँडभैलो शुरु भएको छ । माओवादी, नयाँ शक्ति, काँग्रेस हुँदै नव एमाले बनेका उनको शैली ,रसुवाका जलविद्युत परियोजनाको शेयरका नाममा सयौं रसुवालीहरुलाई रुवाएको कारण उनलाई न त पार्टी पक्ति न कार्यकर्ता पक्तिले नै रुचाएको स्थिति छ । नव एमाले बनेका उनै तमाङ्ग पछिल्लो समय एमाले पक्तिलाई नै कम्युनिजमको पाठ पढाउँदै हिडिरहेका छन् । यो बिषय एमालेका पूराना कार्यकर्ताहरुलाई मन परेको छैन ।

उसो त उनी जहाँ जहाँ बस्छन्,त्यही पार्टी ध्वस्त बनाउँने गरेको रसुवाका नेताहरु बताउँछन् । पछिल्लो समय उनी सो पार्टीभित्र समेत गुटगत राजनीतिमा व्यस्त छन्,उनले जातीय राजनीति शुरु गरिरहेका छन् ।

एमालेकै अर्काे नेता भन्छन्,अहिले रसुवा काँग्रेसमा के गुट छ र ? त्यो भन्दा बढी गुट एमालेमा रहेको छ ।

तमाङको खण्डन :- अध्यक्षसँग कुनै असमझदारी छैन

पूर्व सांसद प्रेम तमाङले भने यो समाचारको खण्डन गर्दै पार्टीका जिल्ला अध्यक्ष र आफू बीचमा कुनै मनमुटाव र असमझदारी नरहेको प्रष्टाएका छन् । उनले खण्डनमा भनेका छन्,हामी मिलेर पार्टी हितको पक्षमा काम गरिरहेका छौं, गरिरहने छौं ।

विद्यालयको वार्षिक उत्सवको बिषयमा कसलाई प्रमुख अतिथी बनाउने कसलाई बिशेष अतिथी बनाउने भन्ने बिषय आयोजकको अधिकारको कुरा हो त्यो अधिकार उहाँले प्रयोग गर्नु भएको हो । उहाहरुले जे गर्नु भएको छ ठिक गर्नु भएको छ । हाम्रो पार्टीको मन्त्री आउदा म कार्यक्रममा जानु पर्थ्यो तर त्यहि दिन मेरो त्यो भन्दा महत्वपूर्ण कार्यक्रम परेकोले म जान सकिन । मैले मेरो कमिटीमा यो कुरा राखिसकेको स्पष्ट पारेका छन् ।

उनले अगाडि भनेका छन्, पार्टीको तर्फबाट अध्यक्ष कमरेडको उपस्थिती भए पछि विद्यालयको कार्यक्रममा एउटै पार्टीको सबै मान्छे लाइन लाग्दा पनि राम्रो देखिदैनथ्यो,त्यसैले यो बिषयलाई के- के न भयो भनेर उचालिनु राम्रो पनि होइन ।त्यसैले हामी जहाँ छौ ठिक छौ जे गरिरहेका छौ पार्टी,आन्दोलन र जनताको निम्ति काम गरिरहेका छौं बिरोधीले उचालपछाल गरेर केही हुने वाला छैन । नेकपा एमाले रसुवा पार्टी निर्माणको गतिमा बेरोकतोक अगाडि बढेको छ,बढिराख्ने छ ।
नेकपा एमाले रसुवाको नेतृत्व देखि सिङ्गो पार्टी पङ्ती एकताबद्ध छ,एकताबद्ध रहने छ । कुरो रह्यो प्रेम तामाङको प्रेम तामाङ नमरुन्जेल कम्युनिष्ट पार्टीको सदस्य भएर रहने छ,जनताको बहुदलीय जनबाद प्रेम तामाङको मार्ग निर्देशक सिद्धान्त हुनेछ र मर्दा एमालेको हसिया हथौडा अङ्कित झण्डा ओढेर मर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा हुँदा दुई तानिए बरण्डामा

समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ

बीमा वोर्डले माग्यो १८० मेडिकल अधिकृत

सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

बिशेष