सिडिओ कार्यालयभित्रै कुटाकुट…

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ । वैदेशिक रोजगार ठगीका विषयमा डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको कार्यकक्षमै कुटाकुट भएको हो ।

बिज्ञापन

भद्रपुर १० का सागर मगर , विष्णु खड्का, वडा नं ४ का उत्सव राय , वडा नं ९ का प्रवीण राई , वडा नं ८ का उज्ज्वल खवास कम्बोडिया जानेक्रममा ठगीमा परेका हुन् ।उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेका थिए । भद्रपुर ६ का सञ्जय यादव र सुरेन्द्र यादवले कम्बोडिया पठाउने नाममा ठगी गरेको उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल डाकिएको थियो ।
छलफल गर्ने क्रममा चर्काचर्की र हानाहानको अवस्थ पुगेको हो ।आफूले चुप लाग्न आग्रह गर्दा पनि होहल्ला गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको सहायक प्रजिअ नेपालले बताए ।

बिज्ञापन

आफ्नो कार्यकक्षमा होहल्ला गरे पनि कुटाकुट कार्यकक्षभन्दा बाहिर गरेको उनले जानकारी दिए ।कुटाकुट गर्ने पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो । उनीहरूलाई साँझपख छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानले बताए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष