को बन्दैछन् भन्सार र आन्तरिक राजश्वको डिजी ?

 

बिज्ञापन

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विवादित अर्थ सचिव रामप्रसाद घिमिरेमात्र होइन,त्यहाँका ५ सहसचिवहरु सरुवा गरेर नयाँ टिम निर्माणमा जुटेका छन् । आफैंले रोजेका सचिव र सहसचिवहरुको कार्यसम्पादन प्रभावकारी नभए पछि उनले ती कर्मचारीहरुलाई हटाएका हुन ।

बिज्ञापन

गत सोमबारको क्याविनेटबाट अर्थ सचिवका रुपमा घनश्याम उपाध्यायलाई भित्र्याइएको छ भने आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हटाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुबै महानिर्देशकको सरुवा गरेको हो । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको संघिय मामिला सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै मन्त्रालयमा वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा हेर्दै आएका दीर्घराज मैनाली सूचना आयोगमा पुगेका छन् । सोही महाशाखा हेर्ने नारायण प्रसाद रिसाल गृह मन्त्रालयमा सरुवा भएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,तीर्थराज चिलवाल र पार्वती अर्याल अर्थ मन्त्रालय आएका छन् । अर्थ मन्त्रालय मातहत अहिले २५ सहसचिव छन् । यीमध्ये प्रशासन महाशाखा हेर्दै आएका मदन दाहाल,प्रवक्ता महेश भट्टराई,हालै बजेट महाशाखामा भित्रिएका श्रीकृष्ण नेपाल,आर्थिक नीति विश्लेषण महाशाखा सम्हाल्दै आएका महेश अचार्य,वित्तिय संघीयता समन्वय महाशाखा हेर्ने थान प्रसाद प्रंज्ञानी,केही महिना अगाडिमात्र बजेट महाशाखाबाट सरुवा भएर अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा धनीराम शर्मा,राजश्व महाशाखा हेर्दै आएका उत्तर कुमार खत्री ,कानुन महाशाखा हेर्दै आएका यज्ञ प्रसाद भट्टराई मन्त्रालयमा कार्यरत छन् । यी मध्ये मन्त्रालयबाट दुई सहसचिव बाहिरिएका छन् भने त्यहाँ पार्वती अर्याल र तिर्थराज चिलवाल भित्रिएका छन् । उनीहरुलाई मन्त्रालयकै कुनै महाशाखाको जिम्मेवारी दिने अर्थ मन्त्रालयको तयारी छ ।यस्का अलवा अर्थले राजश्व अनुसन्धान विभागको महानिर्देशकलाई समेत हटाउने तयारी गरिरहेको छ ।

अर्थ स्रोतका अनुसार,रिक्त हुन पुगेको भन्सार र आन्तरिक राजश्व विभागमा बरिष्ठ सहसचिवहरु रमेश अर्याल र मदन दाहालहरुलाई पठाइने सम्भावना छ । पाँच महिना अगाडि नै आन्तरिक राजश्व विभागमा मदन दाहाललाई खटाइने चर्चा थियो तर  रामप्रसाद  अचार्यले त्यहाँ बाजी मारेका थिए भने भन्सार विभागका महानिर्देशकको रुपमा चर्चामा थिए रमेश अर्याल तर त्यहाँ हरिशरण पुडासैनीले इन्ट्री पाएका थिए । अहिले ती स्थानमा उनै दुई सहसचिवहरुलाई पठाइने प्रवल सम्भवना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सबैभन्दा ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिवसँग माग्यो डेढ लाख धरौटी

मतदानमा खटाइँदा विभेद,दुई स्थानीय तहका कर्मचारीले गरे आर्थिक सुविधा नलिने घोषणा

सेवानिवृत्त कर्मचारीलाई थप औषधी उपचार खर्च उपलब्ध गराइने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठक बस्दै

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

बिशेष