आन्तरिक राजश्व,भन्सार विभागका महानिर्देशकसहित १७ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले १७ जना सहसचिवहरुको सरुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय मातहतका १७ सहसचिवहरुको सरुवा गरेको हो ।
जसमा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद अचार्य,भन्सार विभागका महानिर्देशक हरिप्रसाद पुडासैनीदेखि अर्थकै दीर्घराज मैनालीहरु सरुवामा परेका छन् । जस अनुसार आचार्यलाई सामान्यको अतिरिक्त समूहमा लगिएको छ भने पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा खटाइएको छ भने मैनाली राष्ट्रिय सूचना आयोगमा पुगेका छन् । यस्तै अर्थका नारायण रिसाललाई गृहमा लगिएको छ भने गृह मातहत रहेका मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका तीर्थराज चिलुवाल र राष्ट्रिय महिला आयोगको सचिव पार्वती अर्याललाई भित्र्याइएको छ ।
राष्ट्रिय सूचना आयोगबाट कमल भट्टराई श्रमममा पुगेका छन् राष्ट्रिय योजना आयोगबाट यज्ञराज कोइरालालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा लगिएको छ ।
यस्तै,परराष्ट्र मन्त्रालयमा रहेका उदय बहादुर रानालाई बाग्मती प्रदेशमा पठाइएको छ भने इटहरी उपमहानगरपालिकाबाट राम चरित्र मेहत्ता युवा तथा खेलकुद विकास मन्त्रालयमा ल्याइएको छ ।
राष्ट्रिय किताबखाना (शिक्षक)बाट युवराज पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,संघीय अतिरिक्त समूहमा रहेका आदेश खड्कालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइएको छ भने श्रीचन्द्र साह अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

बिज्ञापन

यस्तै रामकुमार गोइत,पुष्कर पोखरेल शहरी,प्रदेशबाट प्रेम सिंह भौतिकमा भित्रिदा भ्रष्टाचार मुद्धामा परेर निलम्बनमा परेकी नम्रता सिंहलाई सामान्यको अतिरिक्त समूहमा तानिएको छ ।

बिज्ञापन
Notices-20250211083559520

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

बिशेष