अति विशिष्टका टुथपेष्ट, साबुन,टिस्यु पेपरदेखि कुच्चोकै लागि बार्षिक ६५ लाख खर्च

अति विशिष्ट पदाधिकारीहरुको साबुन,टुथ पेष्ट,टुथ ब्रस,टिस्यु पेपर,कुच्चोका नाममा मात्र राज्यले बर्षेनी ६० लाख भन्दा बढी खर्च गर्दै आएको भेटिएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिग ६ भित्र पर्ने पदाधिकारीहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र मन्त्रीका लागिमात्र हरेक बर्ष यी शीर्षकमा ६५ लाख बढीको खर्चे गर्दै आएको भेटिएको छ ।

बिज्ञापन

सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७८/ ७९ देशका विशिष्ट पदाधिकारीलाई नुहाउने साबुन,लुगा धुने सावुन,ब्रस,मञ्जन र ट्वाइलेटका सामाग्रीहरु फिनेल,हारपिक,खरेटो,कुचो,टिस्यु पेपर,ओडोनिल शीर्षकमा मात्र ६५ लाख ३७ हजार ५ सय ६३ रुपैंया खर्च गरेको छ ।

बिज्ञापन

यसैगरी सोही कार्यालयले आर्थिक बर्ष ७९/ ८० मा सोही शीर्षकमा ६६ लाख २१ हजार २ सय ८८ रुपैंया राज्यले बेहोरेको छ भने आर्थिक बर्ष ८०/ ८१ र ८१/ ८२ को पुस मसान्तसम्ममा उक्त कार्यालयले भीआइपीहरुका नुहाउने साबुन,लुगा धुने सावुन,ब्रस,मञ्जन र ट्वाइलेटका सामाग्रीहरु फिनेल,हारपिक,खरेटो,कुचो,टिस्यु पेपर,ओडोनिलका नाममा मात्र ५१ लाख ६७ हजार ७० रुपैंया राज्यकोषबाट खर्च गरेको छ ।

उक्त कार्यालयले विशिष्ट पदाधिकारीहरूका किचनका लागि आवश्यक पर्ने माइक्रो ओभन,चिया कप,पानी खाने ग्लास,फ्राइ पेन,कुकर,राइस कुकुर,प्रेसर कुकरका अलवा सिरक,डस्ना,टाबेलका अलवा क्यामेरा फ्लास, वेभ क्यामेरा, स्टान्ड, फ्रिज, कुसी, सो केस, अफिस टेबुल,मेसिनरी औजार, टिभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, वासिङ मेसिन, फोटोकपी मेसिन, गिजर, सिसी क्यामेरा,पंखा, सोफा, गलैंचा, बेगन स्प्रे, प्रिन्टर, डेक्सटप, भ्याकुम क्लिनर, बल्ब, चिम, काठका दराज, माइक्रोवेभ, कुर्सी, इन्भर्टर, डाडु, पन्यु, मिक्सचर, ग्यास गिजर, प्रेसरकुकर, फ्रिज, ल्यापटप, पिन बोर्ड, जेनेरेटेर, ग्यास हिटर, वाटर डिसपेन्सर, डिसहोम टिभी, नेट, फ्याक्स मेसिनलगायत लगायतका सामाग्रीहरु  उपलव्ध गराउँदै आएको छ ।

बिज्ञापन

जसमध्ये अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, दन्तमन्जन, टिस्यु पेपर, स्प्रे, बेगन, सरफ, मिनरल वाटर, डोरम्याटजस्ता स–साना सामग्रीसमेत सरकारले उपलब्ध गराउँदै आएको छ। बिग ६ मानिने यी पदाधिकारीहरुका लागि यी स सना सामाग्रीमा मात्र हरेक बर्ष ६० करोड भन्दा बढी खर्च हुने गरेको छ।

उता संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आफूलाई चाहिने तथा विशिष्ट पदाधिकारीहरूलाई उपलब्ध गराउने सामग्री पटक पटक गरेर टुक्रा पारेर खरिद गर्दै आएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा २ अनुसार यसरी टुक्रा पारी खरिद गर्न नहुने व्यवस्था गरिएको भए पनि यस्ता सामग्री पटकपटक (टुक्रा पारी) विभिन्न आपूर्तिकर्ताबाट खरिद गर्दा अनियमितता हुने गरेको महालेखाले आफ्नो बार्षिक प्रतिवेदनमा औल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष