बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवाका विभिन्न समूह तथा उपसमूहका अधिकृतस्तरका कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।
जस अनुसार, नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहतर्फबाट ७ जना अधिकृतस्तरका कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।
जसमध्ये विद्यादेवी सिंह,संजीवकुमार साह, घनश्याम श्रेष्ठ,राम आशिष दास,निशा के सी,तुल्सीराम खर्बुजा र शशीन्द्र घिमिरे बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै नेपाल इञ्जिनियरिङ सेवा केमिकल इञ्जिनियरिङतर्फबाट मनिष कर्ण,नेपाल इञ्जिनियरिङ सेवा,सर्भे समूहबाट सुरजबहादुर केसी र नेपाल इञ्जिनियरिङ सेवा,केमेष्ट्री समूहबाट शुक्रराज अधिकारी बढुवा सिफारिस भएका हुन । यी १० जना जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवा सिफारिस भएका हुन ।
बिज्ञापन
नेपाल इञ्जिनियरिङ सेवा माइनिङ र मेटालर्जिकल इञ्जिनियरिङ समूहबाट कुनै दरखास्त नपरेका कारण कुनै पनि आवेदन नपरेको जनाइएको छ ।