एक पछि अर्काे गोर्खालीको कब्जामा विभाग,नातेदार लागेर हटाइए पछि ‘पानी वारावार’

पछिल्लो समय निजामती सेवामा भेगीय,क्षेत्रीय,जातीयता पकड बढ्दै गएको छ । जस्तो गृह मन्त्रालय पर्वते कर्मचारीहरुको हालीमुहाली छ । पर्यटन मन्त्रालयमा अहिले सूदुरपश्चिमका कर्मचारीहरुको बोलबोला छ । यस अघि दैलेख जिल्लाबाटै एकै पटक १० जना प्रमुख जिल्ला अधिकारी बनाइएको धेरै भएको छैन । यस्तो भेगीय,जातीय पकड गृह,पर्यटन हुँदै अहिले पानीपोखरीस्थित एउटा सरकारी कार्यालयमा समेत देखिएको छ ।

बिज्ञापन

सरकार मातहतको एउटा विभाग,सो विभागको नेतृत्वमा एउटै जिल्लामात्र होइन,एकै गाउँ र ठाउँका एक पछाडि अर्काे कर्मचारीलाई प्रमुख बनाएर पठाइनुको पछाडि संयोग मात्र होला कि सेटिङ ? यस्तो देखिएको छ,खानेपानी मन्त्रालय मातहतको खानेपाी तथा ढल व्यवस्थापन कार्यालय,पानीपोखरीमा । जहाँ पछिल्ला तीन जना महानिर्देशकहरु एउटै जिल्लाका मात्र नभइ एउटै गाउँ र ठाउँका कर्मचारीले नेतृत्व लिने अवसर पाएका छन् ।

बिज्ञापन

काँग्रेस नेता प्रदीप पौडेल निकट मानिएका महानिर्देशक रमाकान्त दुवाडी ०७९ साउन ५ गतेदेखि विभागका महानिर्देशक थिए । सूर्यराज कँडेल अनिवार्य अवकाशमा गएसँगै विभागमा दवाडीलाई लगिएको थियो । झण्डै एक बर्ष अख्तियारमा बिताएका दुवाडी गोर्खा जिल्ला गण्डकी गाउँपालिका दुर्बुङका स्थानीयवासी हुन ।

०६० सालमा अधिकृत (इञ्जिनियर)को रुपमा निजामती सेवामा प्रवेश गरेका दवाडी त्यतिखेर स्थानीय विकास मन्त्रालय अन्तर्गतको जिल्ला प्राविधिक कार्यालयमा केही समय काम गरे । सहसचिवमा बढुवा भएसँगै उनले मेलम्ची खानेपानी आयोजनामा २ बर्ष,पश्चिमाञ्चल क्षेत्रीय कार्यालय झण्डै एक बर्ष,एक बर्ष खानेपानी विभागको उपमहानिर्देशक भएर काम गरेका कर्मचारी हुन । यस्तै एक बर्ष बढी खानेपानी मन्त्रालयमा खानेपानी तथा वातावरण महाशाखा सम्हाले, खानेपानीको डिजी बन्नु अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । त्यहाँ २० महिनासम्म जिम्मेवारी निभाएका उनलाई खानोपानी तथा ढल निकासमा पठाइएकोमा १३ महिनामा त्यहाँबाट सरुवा गरिएको थियो । दुवाडी सरुवामा परेसँगै अध्ययन बिदामा बसे । अहिले उनी मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाको नेतृत्व गरिरहेका छन् ।

बिज्ञापन

उनी पछिका दुई प्रमुखहरु समेत सोही जिल्ला,एकै भेगका हुन । दुवाडी पछि विभागको महानिर्देशकमा कमलराज श्रेष्ठलाई लगियो । श्रेष्ठ मेलम्ची विकास समितिका कार्यकारी निर्देशक थिए । उनलाई ०८० असोज ०१ गतेदेखि विभागको महानिर्देशकको कुर्सीमा लगिएको थियो । उनले सो विभागको २७ औं महानिर्देशकको जिम्मेवारी सम्हाले । त्यस अघि खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक,आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) को आयोजना निर्देशकको जिम्मेवारी सम्हालेर अनुभव हासिल गरेका उनलाई अवधि नपुग्दै त्यहाँबाट हटाइयो । गत साउनमा त्यहाँबाट हटाएर उनकै नातेदार रामकुमार श्रेष्ठलाई त्यहाँ खटाइएको छ ।स्रोतका अनुसार रामकुमार र कमल श्रेष्ठ नातेदार हुन ।

आफ्नै नातेदार कमललाई चलखेल गरेर रामकुमारले हटाएको चर्चा अहिले खानेपानी मन्त्रालयमा चल्ने गरेको छ । यही कारण श्रेष्ठद्धयबीच तिक्तताको स्थिति छ । माओवादी निकटका भनेर चिनिएका रामकुमार कुस्त लगानी गरेर विभागको नेतृत्वमा पुगेका खानेपानी मन्त्रालयकै कर्मचारीहरु चर्चा गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

प्रजातान्त्रिक उदार शासन प्रणालीमा कूटनीतिका आयाम

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

बिशेष