तिवारी बन्धुकाे कब्जामा गृह प्रशासन

अहिले राजनीतिमा काँग्रेस एमालेको महागठन्धन छ । यस्तो गठबन्धन राजनीतिमा मात्र होइन प्रशासन संयन्त्रमा समेत मौलाउदै छ ।

बिज्ञापन

जसरी दुई बर्ष अगाडि नेपालको सूचना प्रविधि संयन्त्रमा जसरी एकै भेगका पौडेल बन्धुहरुको कब्जामा थियो । तिनै पौडेलहरुले राज्यलाई तन्नम बनाएर लुट्नुसम्म लुट्दा अहिले अख्तियार लागेर ती मध्येका दुई भाइ अहिले डिल्लीबजार सदरखोरमा छन्,एक भाइ गुमनाम ।

बिज्ञापन

दुई बर्ष पछि ठीक उसैगरी मुलुकको गृह प्रशासनको तालाचाबी पर्वतेहरुको पोल्टामा पुगेको छ । त्यहाँ कञ्चनपुरबाट निर्वाचित रमेश लेखक मन्त्रीको कुर्सीमा छन् । अहिले मन्त्रीको स्वकीयमा बद्री तिवारी र काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ऋषिराम तिवारी छन् । यी दुबै तिवारीको पछिल्लो समय गृह प्रशासन कब्जामा छ ।  सात महिना मोरङ्गको प्रमुख जिल्ला अधिकारी चलाएका उनी अहिले गृहका महत्वपूर्ण मानिने शाखा सुरक्षा तथा समन्वयको जिम्मेवारी पाएका हुन ।  जयनारायण अचार्यलाई मन्त्रालयमा तानेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी बनाइएका ऋषिराम तिवारीलाई खटाइएको छ । तिवारी बालकृष्ण काठमाडौंकाे प्रमुख जिल्ला अधिकारी हुनु अघि गृह प्रशासनका हर्ताकर्ता थिए । याे अघि बालकृष्ण खाँण गृहमन्त्री हुँदा रूपन्देहीकाे सिडियाे चलाएका उनी लेखक मन्त्री भएसँगै गृह छिरेका कर्मचारी हुन ।

उनी उपसचिव हुँदा बाग्लुङ, पर्वत जस्ता जिल्लाको सिडिओ चलाइसकेका कर्मचारीका रुपमा चिनिन्छन् । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीका नातेदार समेत रहेका तिवारी उनी गृहसचिव हुँदा झापाको सिडिओ खाएका थिए । अहिले मन्त्री रमेश लेखकका स्वकीय उपसचिव छन्, बद्री तिवारी । तिवारी सदावहार काँग्रेसी मन्त्रीका पिएका रुपमा चिनिन्छन् । केही समय डिभिजन सहकारी कार्यालय ललितपुर,दिल्ली दुतावासमा बसेका उनी लेखक राज्यमन्त्री हुँदा उनकै सचिवालयमा बसेर उठ्ती पुट्तीमा सक्रिय थिए । त्यतिबेला पनि तिवारीले म्यानपावर ब्यावशायीहरुसँग पैसा उठाउने गरेको अरोप लागेको थियो । गत चार कार्तिकदेखि मन्त्री लेखकको सचिवालयमा भित्रिएका उनी यस अघि सुजाता कोइराला मन्त्री हुँदा होस वा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको पनि सचिवालयमा रहेका तिवारीले आतंक मच्चाए पछि त्यहँँबाट हटाएर नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरको खटाइएको उनलाई फेरि गृहमा भित्र्याइएको छ । उसो त पछिल्लो समय गृहमन्त्रीको सचिवालयमा भित्रिएका कर्मचारीमध्ये यस अघि अध्यागमनको भ्रष्टाचारमा मुछिएका विमल पौडेलदेखि अहिले प्रशासन महाशाखा हेर्दै आएका गणेशदत्त ओझा समेत अख्तियारले डामेका कर्मचारीका रुपमा चिनिन्छन् । ओझा कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा नीतिगत निर्णय गरी ५४ लाख राजश्व छुट प्रकरणमा अख्तियारले डामेका अधिकृत हुन । पछिल्लो समय गृहको कर्मचारी खटन पटनमा गुनासो चुलिँदो छ ।

बिज्ञापन

गृह आफैंले तयार गरेको मापदण्ड अनुसार,६१ जिल्लामा सहसचिव र बाँकी १६ जिल्लामा मात्र उपसचिव प्रमुख जिल्ला अधिकारी हुने कार्यविधि छ तर रमेश लेखक,गोकर्णमणि दुवाडीहरुले उक्त मापदण्ड विपरितका १२ जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । मन्त्रालयको महाशाखा प्रमुखहरुको बैठकमा यस्तो बिषय उठ्दा सचिव दुवाडीले ‘आफू गृह आउनुभन्दा पहिल्यैदेखि यस्तो वेतिथी रहेको’ काइते जबाफ दिएपछि सहसचिवहरु नै लाजले पानी भएका छन् ।

उसो त दुई बर्ष अगाडिमात्र मुलुकको सूचना प्रविधि एकै घर परिवारको कब्जामा थियो । एनआईआईटीसीमा नियुक्त भएका तत्कालीन मुख्य सचिव शंकरदास बैगारीका साढु भाई पर्वते प्रदीप शर्मा पौडेललाई मापदण्ड मिचेर नियुक्ति दिइएको थियो भने विचौलिया दिपक भट्टको जोडबलमा सुरक्षण मुद्रण कोषमा नियुक्ति खाएक विकल पौडेल हुन वा नेपाल टेलिकमको नेतृत्वमा पुगेका सुनिल हुन । यी तिनै जान पौडेलहरु पर्वते दाजुभाई । जसमध्ये दुई जना अहिले डिल्लीबजार खोरमा पुगेका छन् । हिजो सूचना प्रविधि पर्वतेको पोल्टामा पुगेझैं अहिले गृह प्रशासन पर्वतेको पकडमा पुगेको बताउँछन्,गृहकै कर्मचारीहरु । उसो त अहिले यस्तो गडबडी सञ्चार,गृह हुँदै पर्यटनतिर सरेको छ । त्यहाँ सुदूरपश्चिमका मन्त्री बद्रीप्रसाद पाण्डले आफ्नै भेगीय सचिव विनोदप्रकाश सिंह,डा नारायण रेग्मी (पर्यटन विभागका महानिर्देशक) डा नारायणप्रसाद रेग्मीदेखि सोही भेगका गोकर्ण उपाध्याय पर्यटनमै भित्र्याएका छन् । जसमध्ये गोकर्ण रवि लामिछाने गृहमन्त्री हुँदा नीजि सचिवका रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वर्षौँदेखि अलपत्र निजामती विधेयक पारित गराउन सफल बने मन्त्री राजकुमार गुप्ता

सांसद प्रेम सुवालको आग्रह : निजामती सेवामा ट्रेड युनियन निषेध गरियोस्

प्रभु शाहले संसदमा निजामती सेवा विधेयक च्यात्दै निस्किए

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, संघीयता कार्यान्वयनमा नयाँ ढोका खुल्ने

संघीय निजामती सेवा विधेयकमाथि संसदमा बहस सुरु, आइतबारकै बैठकबाट पारित गर्ने तयारी

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

बिशेष