नेपाल टेलिकमको नाफा घटेपछि सञ्चारमन्त्रीको आपत्ति

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमको सुधारको लागि समिति गठन भएर काम अगाडि बढेको बताएका छन् ।

बिज्ञापन

मंगलबार काठमाडौंमा नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने बताए ।

बिज्ञापन

उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ । त्यसको प्रतिवेदन आइसकेको छैन् । समितिले देखाएको कुराहरुको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ ।’

यसको साथै, उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमासंस्थाको प्रभाव घटेको पनि बताए ।

बिज्ञापन

उनले भने, ‘संस्थाको जुन खालको गौरवशाली इतिहास छ र अहिले पनि राम्रो काम गरिरहेको छ । तर चुनौतीहरु धेरै बढिरहेका छन् । प्रतिस्पर्धा धेरै छ । त्यसकारण संस्थाको प्रभाव घटेको जस्तो देखिन्छ । उचित व्यवस्थापन गर्न नसकेको हुनाले हो की, कर्मचारी व्यवस्थापन राम्रो तरिकाले गर्न नसकेर हो की अथवा ऐन, कानूनले रोकेर हो, के कारणले हो । त्यसमा समिक्षा गर्नुपर्ने अवस्था आएको छ । अहिले नै यो बारेमा सही निर्णय गर्न सकेनौ भने पछि पछुताउनुपर्छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष