गृहमन्त्री र सिडिओको राजीनामा माग्दै माइतीघरमा ‘नो केबलकार’ समूहको प्रदर्शन

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ)मा केवलकार निर्माण रोक्न माग गर्दै काठमाडौंमा प्रर्दशन भइरहेको छ । काठमाडौंको माइतीघर मण्डलामा त्यहाँका आदिवासी जनजातिले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । स्थानीयसँग छलफल नै नगरी पाथीभरा क्षेत्रमा चन्द्र ढकाल नेतृत्वको निजी कम्पनीलाई केबलकार बनाउन दिएको भन्दै आन्दोलन चर्किरहेको छ। उनीहरुले र विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेको हुन ।

बिज्ञापन

चन्द्र ढकाल र उनको समूहले निर्माण प्रक्रिया अगाडि बढाएको पाथिभरा केवलकार खारेजीको माग गर्दै ‘नो केवलकार’ समूहले काठमाडौँमा प्रर्दशन गरेको छ । उक्त समूहले आज गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको राजीनामा माग गर्दै माइतीघर मण्डलामा नाराबाजी गरेको हो ।

बिज्ञापन

माघ १२ गते पहिचानवादी समूह र नो केवलकार समूहले पाथीभरा क्षेत्रमा आयोजना गरेको संयुक्त प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागेर तीन जना घाइते भएका थिए । त्यही सँगै पूर्वका केही जिल्ला बन्द समेत भएको छ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको भएको पनि आन्दोलनरत पक्षले उच्च स्तरको राजनीतिक नेतृत्वको वार्ता टोली गठन हुनुपर्ने औंल्याएको छ। पाथीभरा क्षेत्र र केवलकारको निर्णय राजनीतिक तहबाट भएकोले जारी समस्या समाधान पनि राजनीतिक तहको वार्ता टोलीमार्फत हुनुपर्ने माग राख्दै आएका छन् ।

आन्दोलन चर्कदै जाँदा गत माघ १५ गतेबाट आन्दोलनरत पक्षले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा यातायात बन्द गरेका उनीहरूले माघ २० र २१ गतेका लागि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्दको आवह्वान गरेका छन्। माग पूरा नभए उनीहरूले अरुण पूर्वका ९ जिल्लामा आम हड्ताल समेतको घोषणा गरिसकेका छन्। अहिले त्यही समूहले काठमाडौमा गृहमन्त्री र सिडियोको राजीनामा माग्दै प्रर्दशन गरेका छन् । सरकारले एक जना व्यवसायी पोस्ने गरी प्रहरी प्रशासन प्रयोग गरेर स्थानीयमाथि दमन गरेको भन्दै प्रदर्शनकारीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् । उनीहरुले प्रहरीलाई गोली चलाउन निर्देशन दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई पनि कारवाही गर्न माग गरेका छन् ।

बिज्ञापन

प्रदर्शनकारीले ‘मुक्कुम्लुङमा सैन्यकरण बन्द गर’, ‘आदिवासीको भूमि फिर्ता गर’, ‘पवित्रस्थलमा केवलकार निर्माण तत्काल खारेज गर’, ‘असक्षम गृहमन्त्रीले राजीनामा दे’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’, ‘राज्यको आतंक बन्द गर’ लगायतका नारा लगाएका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष