स्वास्थ्य मन्त्रीलाई डाक्टरको अल्टिमेटम

सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् ।‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गर्न लागेका हुन् ।काठमाडौं उपत्यकाभित्र भने माइतीघर मण्डलामा समेत भेला भएर प्रदर्शन गर्ने कार्यक्रम छ ।
केही दिनअघि शिक्षा र स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट तोकिएको निर्वाह भत्ताप्रति आपत्ति जनाउँदै अभियानले तत्काल फिर्ता नलिएमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएको छ । गत माघ १४ गते शिक्षामन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकका लागि नयाँ निर्वाह भत्ता तोकेका थिए ।
माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए ।संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत उनीहरुले बताएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४४ वर्षदेखि नेमकिपामा राज, भक्तपुर १ चुनावी गढ : घोषणापत्रमा के छ खास ?

अनुदान कटौतीपछि स्थानीय तहका दुई ठूला संगठनको आन्दोलनमा उत्रने चेतावनी

प्रलोपाको घोषणापत्र : निजामती सेवाको पुनसंरचना,दलीय ट्रेड युनियन खारेज

कुलमानको पार्टीको प्रतिवद्धता : डिजिटल,पारदर्शी र जवाफदेही प्रशासन,भ्रष्टचारीलाई आजीवन प्रतिवन्ध

मालपानीको नागरिकता शंकास्पद,छानबिन अगाडि बढाउँदा सिडियोकै सरुवा

दरबन्दी मिलानप्रति सचिवले देखाएनन् रुची

प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

बिशेष