आइजिपीको उमेरहद ६० वर्ष, वरिष्ठ हवल्दारसम्मलाई १६ वर्षमा पेन्सन

नेपाल प्रहरी सम्बन्धी विधेयकले प्रहरी जवानदेखि प्रहरी महानिरीक्षक (आइजिपी) सम्मको अवकास पाउने उमेर हद बढाउने प्रस्ताव गरेको छ।

बिज्ञापन

मंगलबार संसदमा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले अवकास पाउने उमेर हद बढाउने प्रस्ताव गरेको हो।

बिज्ञापन

प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।  विधेयकमा अवकाशको उमेरहद भने बढाइएको छ।

अवकाशको उमेरहद कसको कति? 

बिज्ञापन

प्रहरी महानिरीक्षक – ६० वर्ष
प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षक –  ५९ वर्ष
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक– ५८ वर्ष
प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक  – ५७ वर्ष
प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक– ५४ वर्ष
प्रहरी वरिष्ठ हवल्दा, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान– ५१ वर्ष
प्रहरी परिचर– ५५ वर्ष

त्यस्तै, पदावधिको प्रावधान पनि हेरफेर गरिएको छ। आइजिपी र एआाइजीको तीन, डिआइजीको पाँच, एसएसपीको ८ र एसपीको १० वर्ष राखिएको छ। अन्य, पदमा पदावधिको हद तोकिएको छैन।

कार्यालय सहयोगीको भने उमेर घटबढ गरिएको छैन।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।