अधिकृतस्तरका ३१७ कर्मचारी बढुवा हुँदा ५१८ को सरुवा,स्थायी नियुक्ति लिने १७६ जना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो तीन महिनामा अधिकृतस्तरका ३१७ कर्मचारी बढुवा गरेको जनाएको छ । मन्त्रालयले उपसचिव बाट सहसचिव तहमा ८४ जना कर्मचारीलाई बढुवा गर्दा शाखा अधिकृतबाट उपसचिव तहमा २३३ जनालाई बढुवा सिफारिस गरिएको जनाएको छ । मन्त्रालयले जेष्ठता तथा कार्यसम्पादन मूंल्याकनद्धारा हुने बढुवाका आधारमा ४७ र कार्यक्षमता मुल्याकनका आधारमा हुने बढुवाबाट ३७ गरी ८४ जना उपसचिवलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

यस्तै बढुवा सिफारिस समितिले २३३ जना अधिकृतलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको विभिन्न समयमा भएको बैठकका आधारमा कार्यक्षमता,कार्यसम्पादन र जेष्ठताका आधारमा ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । जसमा कार्यक्षमताका आधारमा ११५ र जेष्ठता तथा कार्यसम्पादन मुंल्याकनका आधारमा ११८ जना बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यही अवधिमा मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले ५० उपसचिव,१७५ शाखा अधिकृत,नासु र खरदार तहका ३३ कर्मचारीलाई सरुवा,कामकाज तथा पदस्थापन गरेको जनाएको छ भने ४५ जनालाई आर्थिक र प्रशासनिक जिम्मेवारी दिएर खटाएको मन्त्रालयले जनाएको छ । यस्तै संघीय तथा प्रादेशिक कर्मचारी शाखाले यो बीचमा ५३ सहसचिव,५४ उपसचिव,शाखा अधिकृत १८६ जनाको सरुवा गरेको छ । मन्त्रालयले पछिल्लो तीन महिनामा अधिकृत स्तरका ५१८ जना कर्मचारीको सरुवा गर्दा राजपत्र अनंकित र श्रेणीविहिन ३६५ कर्मचारीको सरुवा गरेको जनाएको छ । यस्तै यही अवधिमा राजपत्राकित १७६ जनाले स्थायी नियुक्ति पाएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष