अब सामाजिक सञ्जालमा गर्न पाइन्न यी काम,हुनेछ एक करोडसम्म जरिवाना {विद्येयकसहित}

सरकारले संसद्मा दर्ता सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दर्ता गराएको विधेयकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन खोजेको हो । मंगलबार राष्ट्रिय सभामा दर्ता भएको् सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ४१ वटा दफा रहेका छन् ।

बिज्ञापन

जहाँ सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न अनुमति लिनुपर्ने, सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त, साइबर बुलिङ गर्न नहुने, साइबर स्टकिङ गर्न नहुने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न नहुनेलगायत विषय समेटिएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पिच मानिने कार्य गर्न पाउनेछैनन् । यस्ता कार्य गरेमा पाँच लाखरुपैयाँसम्म जरिबाना तिर्नुपर्ने प्रावधान राखिएको छ ।

बिज्ञापन

विद्येयकमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षामा खलल पुग्ने, सामाजिक र धार्मिक सद्भाव भड्काउने, कुनै व्यक्तिको चरित्रमा गम्भीर आघात पुग्ने वा हिंसा भड्काउने सामग्री अपलोड गर्नेलाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।  यस्तै विद्येयकमा साइबर बुलिङ गरेको खण्डमा दुई वर्ष कैद वा तीन लाखसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने प्रावधान राखिएको छ भने कसैलाई झुटा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुव्र्यवहार गर्ने, निगरानी गर्ने, वैयक्तिक गोपनीयता भंग गर्ने, बारम्बार सन्देश पाउने काम गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रावधान राखिएको छ ।
यस्तै विद्येयकमा कसैको आईडी ह्याक गरेको खण्डमा तीन वर्ष कैद वा १५ लाखसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

यस्तै सामाजिक सञ्जालमा बीभत्स तस्बिर राखेको खण्डमा तीन महिनासम्म कैद वा ५० हजार जरिबाना वा दुवै सजाय हुनेछ व्यवस्था विद्येयकमा गरिएको छ ।

बिज्ञापन

यस्तै अश्लिल, मित्था सूचना प्रसार गरेको खण्डमा दुई वर्ष कैद वा तीन लाख जरिबाना वा दुवै हुन सक्छ । कसैले फेक आईडी बनाएको खण्डमा ५० हजार जरिबाना वा तीन महिना कैद वा दुवै सजाय हुनेछ ।

suchana bb

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष