व्यापारीले किनेको ज्याकेट बोकेर एसपी, सिडिओ र डिआइजी पुगेपछि …

विराटनगर – पहिले-पहिले व्यापारीहरू भन्थे – पुलिसले इन्धन मागेर हैरान पार्छन्।

बिज्ञापन

२०६६-६७ सालताका तत्कालीन पूर्वक्षेत्रका डिआइजी भीष्म प्रसाईंले त खुलेरै व्यापारीलाई तेल मागेका थिए।

बिज्ञापन

हिजोआज त्यसरी खुलेरै माग्ने प्रचलन प्रहरीले त्याग्दै गएका छन्। अहिले पुलिसले तेल मागेर हैरान पारे भनेर स्थानीय तहका सरकारले गुनासो गर्ने गरेका छन्।

तर, लुकिछिपी प्रहरीले व्यापारीसँग केही न केही मागेकै हुन्छन्। कोशी प्रदेशको राजधानी विराटनगर पुग्ने जो कोही सुरक्षा अधिकारीलाई सबैभन्दा पहिले स्वागतका लागि व्यापारीहरूले आफ्नै कार्यालयमा बोलाउँछन्, फूलमाला र खाता ओढाइहाल्छन्।

बिज्ञापन

सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ व्यापारीले किनेको ज्याकेट बोकेर सर्वसाधारणलाई भेट्न पुग्यो। बहाना ‘चिसो’ बनाएर।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ का अल्पसंख्यकलाई व्यापारीले किनिदिएको ज्याकेट बाँड्न मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी र मोरङका एसपी नारायण चिमरिया पुगेका थिए।

‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम लिएर पुगेका सुरक्षा अधिकृतहरूलाई ज्याकेट गोरधनदास कमलावति परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष तथा उद्योगपति जगदीश अग्रवालले दिएका थिए।

व्यापारी अग्रवालले दिएको ज्याकेट मिक्लाजुङका ८० घरधुरीलाई बाँडिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

कार्यक्रममा दलका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, संघ-संस्था, पत्रकार, भद्र भलादमी, बुद्धिजीवी, समाजसेवी र स्थानीय गरी ८० जनाको उपस्थिति रहेको जोशीले बताए।

डिआइजी अधिकारी भर्खरै कोशी प्रदेश प्रमुख भएर पुगेका छन्। सिडिओ यादव पनि भर्खरै मोरङ गएका हुन्। चिमरिया भने गत कात्तिक महिनादेखि मोरङमा कार्यरत् छन्।

कार्यक्रमको नाम ‘सामुदाय प्रहरी साझेदारी’ राखिएको थियो।  नि:शुल्क ज्याकेट वितरकको नाम भने विशाल ग्रुप लेखिएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष