दरबारका तक्माबाट कसले निकाल्यो सुन ? किन हुँदैन छानबिन ?

राजपरिवारको नाममा रहेका हजारौंका संख्यामा रहेका करोडौं मूल्यका तक्मा अहिले कहाँ र कुन स्थितिमा छ ? ती सग्लै छन कि सरकारी कर्मचारीहरुले मिलेर बेचेर खाइसके ? यो बिषयमा सरकारी निकायहरु नै अनविज्ञ छन् । राजदरबारको नाममा रहेका जग्गाहरु नेपाल ट्रष्टले हेर्दै आएको छ । ट्रष्टसँग यी तक्मा र विभूषणका कुनै विवरण हुने कुनै भएन । तक्मा र विभूषण वाढ्दै आएको गृह मन्त्रालय मातहत विभूषण शाखा छ, उक्त शाखा हेर्ने एक कर्मचारीका अनुसार, मानपदवी, अलंकार र पदक २०६४ सालमा व्यवस्थापिका संसद्ले विभूषणसमन्बन्धी ऐन बनाएपछिका र बुझ्न बाँकी २८४ तक्मामात्र गृहसँग छ । दरबारको तक्मा गृहसँग नरहेको त्यहाँका उच्च अधिकारीहरुले पृष्टि गरेका छन् । पुरातत्व विभागसँग पनि यी तक्माहरु छैनन् । उसो हो करोडौं मूल्य पर्ने सुन,हिरा,मोति जडित हजारौं संख्याका यी र यस्ता सम्पत्तिहरु अहिले कहाँ र कुन हालतमा छन् ?
कर्मचारी प्रेसले सोध खोज गर्दै जाँदा यी सामाग्रीहरु संघ सरकार मातहतका कुनै कार्यालय सँग नरहेको र बाग्मती प्रदेश मातहतको एउटा कार्यालयले राखेको भेटियो । यी र यस्ता महत्वपूर्ण सम्पत्ति गृह,पुरातत्व लगायतका संघीय कार्यालय अर्थात गृहकै विभूषण शाखामा नराखेर किन प्रदेश मातहतका कार्यालयमा राखिएको होला ? अहिले दरबारको नाममा रहेका जति पनि तक्माहरु छन्,पाटन औद्योगिक क्षेत्रभित्र रहेको उद्योग तथा वाणिज्य कार्यालयमा पोका पारेर राखिएको पाइएको छ । यही कार्यालयले हो तक्माहरु बनाउँदै आएको । उक्त कार्यालयको अभिलेख अनुसार राजपरिवारको नाममा रहेका विविध १८९ थरीका तक्माका हजारौं परिणाम ०७१ साल साउन १४ देखि पाटन औद्योगिक क्षेत्रभित्र राखिएका छन् । जसमा महेन्द्रमाला १ थान ,नेपाल प्रताप भाष्कर २ सेट,नेपाल प्रताप भाष्कर स्वल्पाकार १० सेट,नेपाल प्रताप भाष्कर ५ थान,महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला २ थान, महागौरव तेजश्वी त्रिभुभवन श्रीपद पहिला स्वल्पकार ४ लगायतका विभिन्न सामानहरु अहिले उक्त कार्यालयका नयाँ, पूराना,भाचिएका दराजमा पोका पारेर राखिएको अवस्था छ । र रोचक चाहिँ ती पोकामा नभई कार्यालयको ढोकामा सिल हानेर ती सामाग्री सुरक्षित रुपमा राखिएको कार्यालयको दावी छ ।
तर,अहिले कसैको चाँसोमा नपरेको यी महत्वपूर्ण तक्मामा जडीत सुन, चाँदी र हिराहरु निकालेर नक्कली तक्मा बनाएर अहिले स्टोरमा सिल गरेर राखिएको भन्दै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । अख्तियारमा हालिएको उजुरीमा राजपरिषद्को नाममा रहेको २२ थान ब्रेचपीन २२ थानको सुन,चाँदी निकाली नक्कली तक्मा बनाइ सक्कली तामाबाट सुन निकाली करोेडौंको सम्पत्ति हिनामिना भएको र यो प्रकरणमा कार्यालय प्रमुख,लेखा र स्टोरका कर्मचारीहरुको मिलेमतो रहेको जिकिर गरिएको छ । यद्यपि अख्तियारले यो बिषयलाई तामेलीमा राखेको छ । कार्यालयकै तल्ला तहका केही कर्मचारीका अनुसार २२ थानमात्र होइन धेरै तक्माहरुबाट यसैगरी सुन,हिरा निकालेर हिनामिना भएको छ । यस्तो लुट हुँदा समेत कुनै निकायले गम्भीर रुपमा खोजविन गरेका छैनन् । सिल गरिएका ती तक्माबाट १५ करोड भन्दा बढीको सुन निकालेर गोलमाल गरिएको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

अहिले बाग्मती प्रदेशको उद्योगमन्त्रीको भाञ्जा सन्तोष मोक्तानलाई त्यहाँ लगिएको छ । बाग्मती प्रदेश उद्योगका कर्मचारीहरुका लागि यो भन्सारजस्तै हो । एक बर्ष अघि उक्त कार्यालयको कुर्सीमा पुगेका यादव अचार्यलाई त्रिपुरेश्वरतिर खेदेर त्यहाँ बाग्मती प्रदेश उद्योग मन्त्री शुकमाया तमाङ्गको नातेदार सन्तोष मोक्तानलाई कार्यालय प्रमुख बनाएर खटाइएको छ । २१ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा अहिले विभूषण तथा तक्मा निर्माणको काम गरिरहेको छ । सुनको तक्मा बनाउँदा झण्डै २ प्रतिशत अर्थात २५ ग्राम हिनामिना हुँदै आएको बताइन्छ । बिल २४ क्यारेटको बनाएर २२ क्यारेटको सुन हाल्ने काम त्यही हुने कर्मचारीहरु नै जिकिर गर्दछन् । विभूषणमा जडित सुन, हीरा र चाँदी जडित हुन्छन् । सबैभन्दा उपल्लो पदक मानिने ‘नेपाल रत्न’ बनाउन करिब ४० लाख रुपैंया लाग्ने गृहका अधिकारीहरु बताउँछन् । सरकारले २०६८, २०७२, २०७४ मा तक्मा वितरण रोकेको थियो । अघिल्लो पटक नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा ०८० र २०८१ सालमा विभूषण वितरण गरेको थिएन । यस बर्ष यो प्रक्रिया फेरि अगाडि बढाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष