निजामतीमा किन बनाइन्छ ‘भेगीय टीम ?’

निजामती प्रशासनमा पछिल्लो समय भेगीय अर्थात क्षेत्रीय प्रभुत्वको बोलबोला देखिन थालेको छ ।
यस्तो गडबडीको शुरुवात चाहिँ गृह मन्त्रालयबाट शुरु भएको थियो । एउटै जिल्लाका ९ जना प्रमुख जिल्ला अधिकारी बनेका थिए कुनै समय । दैलेखका गोविन्दप्रसाद रिजाल, घनश्याम उपाध्याय,सन्तबहादुर सुनार,खगेन्द्रप्रसाद रिजाल,कृष्णप्रसाद आचार्य, हरिबहादुर प्याकुरेल लगायतका ९ जना दैलेखीले एकै पटक देशका गृह प्रशासन कमाण्ड गर्ने अवसर पाएका थिए ।

बिज्ञापन

अघिल्लो पटक दैलेख जिल्लाका ९ जनाले एकै पटक प्रमुख जिल्ला अधिकारी चलाउने अवसर पाएका थिए भने यस पटक गृह प्रशासनमा पर्वतेहरुको पकड छ । गृहको यो रोग अहिले पर्यटनमा सरेको छ । यसरी भेगका कर्मचारी च्याप्ने सिलसिला अहिले पनि विभिन्न मन्त्रालय,विभागहरुमा देखिन्छ । कुनै समय अर्थ मातहतका निकायमा स्याङ्गजालीको वर्चश्व देखिन्थ्यो । रसुवास्थित भन्सार कार्यालयमा एउटै जिल्ला खोटाङ्गका चार चार जना कर्मचारी कार्यरत छन् भने उद्योग विभागमा यसै गरी एउटै क्षेत्रका कर्मचारीको पकड देखिन्छ ।
पछिल्लो समय गृह प्रशासन पर्वतेहरुको कब्जामा छ भने पर्यटन मन्त्रालय सुदूरपश्चिमेलीको । मन्त्री रमेश लेखकले धर्मराज जोशीलाई सचिवालयबाट लखेटेर अध्यागमनतिर पठाएका थिए । त्यहाँका कर्मचारी सरुवादेखि प्रहरीको सरुवा बढूवामा बद्री तिवारी हावी छन् । मन्त्रीको निजी सचिव तिवारीमात्र होइन हालैमात्र कर्मचारी प्रशासनका हाकिम छवि रिजाल,केही महिना अगाडि ललितपुरको सीडीओ बनाइएका रमेश ढकाल समेत पर्वते हुन । अहिले यही समूहले कर्मचारी सरुवामा गडबडी गर्दै आएको गुनासो छ ।
यस्तै भद्रगोल छ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा । मन्त्री बद्रीप्रसाद पाण्डे सुदूरपश्चिम प्रदेश,बाजुराका हुन । हालैमात्र त्यहाँ सचिवका रुपमा महालेखा नियन्त्रकको कार्यालयबाट विनोद प्रकाश सिंह लगिएको छ । उनी गृह सचिव बन्ने चर्चामा थिए तर गोकर्णमणि दुवाडीले बाजी मारेपछि महालेखा नियन्त्रक बनेका उनी पर्यटन सचिव बनेका हुन । यस अघि पर्यटन सचिव बन्न जोडबल गरेका कृष्णहरि पुष्कर कर्णलाई सदावाहार मधेसकै मन्त्री तथा उनकै जिल्लाबासी मन्त्री शरदसिंह भण्डारीको श्रममा लगेका छन् ।
अहिले पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी आइपुगेका छन् भने यस अघि रवि लामिछाने गृहमन्त्री हुँदा छोटो समयका लागि उनका निजी सचिवका रुपमा काम गरेका गोकर्ण उपाध्याय पर्यटनमै भित्रिएका छन् । उनलाई कप्रको हर्ताकर्ता बनाएर पर्यटनमा भित्र्याइएको छ । यसरी सुदूरपश्चिमेलीले कब्जा जमाएको पर्यटन मन्त्रीपछिल्लो समय क्यासिनोको लफडामा मुछिएका छन् । अहिले एक दर्जन बढी क्यासिनोहरु सरकारलाई चुनौती दिंदै रोयल्टी र नवीकरण शुल्क नबुझाई अदालतको अन्तरिम आदेश(स्टेअर्डर)देखाएर चलिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष