प्रदेशमा जान अटेरी गर्ने सहसचिव एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा मनोनित

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा मनोनय भएका छन् । अस्ति बसेको क्याविनेट बैठकले उनलाई नेपालको तर्फबाट एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा मनोनयन गर्ने निर्णय गरेको हो।

बिज्ञापन

सहसचिव नेपाल हाल अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुख छन्। नेपाल अर्थ मन्त्रालय मातहतकै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको हाकिम भएर काम गरिसकेका कर्मचारी हुन । यस अघि २०७९ पुस १० गते अर्थमन्त्री भएपछि विष्णु पौडलले २०७९ माघ १८ गते श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । त्यसअघि २०७४ सालमा वाम गणबन्धनको सरकार बनेपछि २०७८ बैशाखसम्म नेपाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको भूमिकामा थिए ।
नेपाललाई यस अघि २०७७ सालमा सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा हुँदा उक्त सरुवा बदर गर्न लगाएर अर्थमै बस्दै आएका कर्मचारी हुन । उनी सत्तामा काँग्रेस,कम्युनिष्ट जो आए पनि अर्थ मन्त्रालय छाडेर बाहिर जानु परेको छैन ।  काँग्रेसका अर्थमन्त्री हुँदा समेत उनले काँग्रेसीलाई रिझाएर लामो समय देखि अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको रूपमा जिम्मेवारीमा थिए । विष्णु पौडेल अर्थमन्त्री भए पछि उनलाई बजेट महाशाखाको प्रमुख बनाइएको थियो । अस्ति बसेको क्याविनेटले एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा मनोनित गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष