मन्त्री अनुपस्थित हुने भएपछि राज्यव्यवस्था समितिको बैठक स्थगित

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल हुने कार्यक्रम थियो तर अन्तिम समयमा आएर समितिको बैठक नै स्थगित भएको छ ।

बिज्ञापन

संघीय निजामती सेवा विधेयकमा छलफल गर्न  दिँउसो बस्ने तय भएको बैठकमा विभागीय मन्त्री अनुपस्थित हुने भएसँगै उक्त बैठक अन्तिम समयमा स्थगित गरिएको जनाइएको छ ।

बिज्ञापन

समितिका सभापति रामहरि खतिवडाका अनुसार आजदेखि संघीय निजामती विधेयक उपर दफावार छलफल गर्ने कार्यतालिका रहेको थियो । उक्त विद्येयक उपर दफादार छलफल गरि छिटोभन्दा छिटो टुंग्याएर हिँउदे अधिवेशन शुरु भए लगतै लैजाने तयारी भइरहेको खतिवडा बताउँछन् ।

सोही अनुरुप आज मध्यान्हका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बैठकमा आमन्त्रण गरिएको थियो । तर छलफलका लागि बोलाइएका मन्त्री गुप्ता उपत्यका बाहिर भएकाले बैठक स्थगित गरिएको जनाइएको छ । समितिका अनुसार अर्काे बैठक भोलि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

बिशेष