सिडिओले डाकेको बैठकमा अधिकांश कार्यालय प्रमुख अनुपस्थित

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मातहतका कर्मचारीबाट असन्तृष्ट हुँदै आएका छन् । उपसचिव जोशी २०८० चैत्र १२ देखि त्यहाँको प्रमुख जिल्ला अधिकारीको कुर्सी र भूमिकामा छन् । गत बर्ष चैत्रको दोस्रो साता होलीपर्व चलिरहँदा सिडिओ जोशीले दार्चुलाको जिम्मेवारी सम्हालेका थिए ।

बिज्ञापन

उनले राखेका र डाकेको बैठकमा जिल्लाका अधिकांश कार्यालयका प्रमुखहरु नआउने र बहिष्कार गर्ने प्रवृत्ति दोहोरिएसँगै जोशी मातहतका कर्मचारीसँग फायर भएका छन् । गत वैशाखमा डाकेको पहिलो बैठकमा झैं अधिकांश कार्यालयका कर्मचारीहरु दशौं राष्ट्रिय योग दिवसमा समेत अनुपस्थित भएसँगै जोशी कर्मचारीहरुसँग आगो हुँदै आएका छन् ।

बिज्ञापन

यस अघि जोशीले गत वैशाख ६ मा यस्तै गरी पहिलो बैठक डाकेका थिए । जिल्लाका अधिकांश कार्यालय प्रमुखहरूसंगको औपचारिक बैठक राखेको भए पनि आधा जसो कर्मचारीहरु मात्र उपस्थित हुँदा उनी आक्रोशित बनेका थिए । वैशाख ६ गते मात्रै आयोजना गर्दा जिल्लामा रहेका तीन दर्जन सरकारी कार्यालयमध्ये १५ का प्रमुख मात्रै बैठकमा सहभागी भएका थिए। सो कार्यक्रममा १३ वटा कार्यालयबाट निमित्तले सहभागिता जनाए पनि ७ वटाबाट भने कोही सहभागी भएका थिएनन् । आफू सहभागी पहिलो बैठकमै २० भन्दा बढी कार्यालय प्रमुख अनुपस्थित भएपछि सोही समयमा बैठकमा अनुपस्थित ७ कार्यालय प्रमुखलाई लिखित स्पष्टीकरण सोधेका थिए ।
अहिले माघ १ गते पनि उस्तै अबस्था दोहोरिएको छ । दशौं राष्ट्रिय योग दिवस मनाउन जिल्ला प्रशासन कायर्यालयले जिल्लाका सबै सरकारी कार्यालयलाई पत्राचार सारिएको थियो । तर, माघ १ गते बिहान आयोजित कार्यक्रममा थुप्रै अनुपस्थित भए। यही विषयमा प्रजिअ यज्ञराज जोशी भने कार्यालय प्रमुखहरूसँग फायर भएका छन् । पुस २९ र माघ १ गते लगातार दुई दिन बिदा परेकाले सबैजसो कर्मचारी सदरमुकाम बाहिर थिए, केही त परिवार भेट्न पुगेका थिएु, दार्चुलास्थित एक कार्यालय प्रमुखले भने ।

यसरी जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको बैठकमा कर्मचारीहरु अनुपस्थित भएसँगै ६ माघमा राखिएको नियमित बैठकमा जोशी तपाईहरुलाई किन कारवाही नगर्ने भन्दै कर्मचारीहरुमाझ कडा रुपमा प्रस्तुत भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

बिशेष