राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संग्लग्न पाँच विरुद्ध १९ करोड बिगो र त्यसको शत प्रतिशत जरिवानासहितको मागदाबीसहित मुद्धा दायर गरेको छ । यो प्रकरणमा मुछिएकाहरु नेपाली काँग्रेस रसुवाको जिल्ला नेताहरु हुन ।
बिज्ञापन
सुनको अवैद्य ओसार पसारमा संग्लग्न रहेको आरोपमा ३० कार्तिकमा रसुवाको साबिक धुन्चे गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका ६ का ४३ वर्षीय नुर्बु तामाङ, रसुवाकै साबिक थुमन गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका १ को ३५ वर्षीय बुद्धि तामाङ, रसुवाकै ३५ वर्षीय को नुर्वु सिङ्गी तामाङ र कालिका गाउँपालिका १ रसुवाका ४५ वर्षीय गोपाल तामाङलाई पक्राउ परेका थिए । पक्राउ परेकाहरु सबै रसुवा जिल्ला काँग्रेसमा आवद्ध छन् । रसुवा काँग्रेसका अनुसार नुर्पुसिंगी तामाङ गोसाइकुण्ड १ भार्खुका हुन । उनी रसुवा काँग्रेसको कोषाध्यक्षको जिम्मेवारीमा रहेका थिए । यस्तै पक्राउ परेका बुद्धिबहादुर तमाङ, गोसाईंकुण्ड गाउँपालिका–१ थुमनका हुन । गोसाईंकुण्ड–६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका–१ राम्चे घर भएका गोपाल तामाङ सबै काँग्रेस निकट हुन । बुद्धिबहादुर तामाङ रसुवा कांग्रेसको जिल्ला समितिका सदस्य हुन् । गोपाल तामाङ २०७४ को स्थानीय तह निर्वाचनमा कालिका गाउँपालिका वडा नम्बर–१ बाट वडा अध्यक्षको चुनाव लडेका थिए । प्रहरीका अनुसार तस्कर समूहले भरियामार्फत पठाएको तीन किलो सुन धादिङको खानीखोलामा लुटिएपछि तस्कर समूहका सदस्यले भरियालाई अपहरण गरी यातना दिएको र लुटिएको सुनको रकम तिराउन खोजेको थियो ।
बिज्ञापन
यो तस्करीको घटना चाहिँ गत साउन २४ गतेको हो । साउन २४ मा केरुङबाट तस्कर समूहले कन्टेनरको चालक सिटभन्दा माथिको बत्तीमा सुन लुकाएर पठाएका हुन् । कन्टेनरमा अंगुर लोड गरिएको थियो । सोही सुन रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याइएको थियो । उक्त सुन खालीखोलामा पुगेपछि गायबमात्र बनाइएन कन्टेनर चालकलाई अपहरण गरियो । यही प्रकरणमा रसुवा कांग्रेसका जिल्ला नेता संलग्न रहेको भेटिएको हो । नुर्पुसहित ४ जना मिलेर कन्टेनर चालक रामकृष्ण वाइबा र उनको मामाको छोरा निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानकिलण्ठस्थित शैलजा रिसोर्टमा लगेर कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
ना ६ ख ३५९७ नम्बरको मालबाहक गाडीमा फल्स बटन बनाई चीनको केरुङ नाकाबाट ३ केजी सुन अवैध रुपमा काठमाडौंतर्फ लैजाँदै गर्दा सुन लुटिएको घटनासँग जोडिएका रामकृष्ण वाइवा, बुद्धिबहादुर तमाङ्ग, सुनिल तामाङ्ग, निमा डिण्डुप तामाङ्ग र कमल घलेलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझएको थियो । त्यसरी सुन ल्याउँदै गर्दा सुन लुटिएपछि तस्करको समूहले ट्रक चालकलाई अपहरण गरेका थिए । उनीहरु उपर जनही ३ करोड ८० लाख र कूल १९ करोड ४ लाख ५५ हजार विगो दाबी गर्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।